रामेछाप-रामेछापको सेलेघाटमा आज बिहान १०;५० बजे टिफर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा न ६ सेलेघाट सिल्लीबजार स्थितमा सुनकोशी मरिन ड्राईभर्सनको बा २ क ४५०७ नम्बरको टिपर काम गर्ने शिलशिलामा अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खस्दा टिफर चालक जिल्ला महोत्तरी बर्दिबास न.पा.-४ गौरीडाँडाका अन्दाजी ५० वर्षीय जय बहादुर माझीको घटना स्थलमा नै मृत्यु भएको हो । थप अनुसन्धान कार्य भैरहेको जि.प्र.का. रामेछापले जनाएको छ ।