Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
May 11, 2024
in समाचार, समाज
0
मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


हेटौंडा । सम्वन्धमा जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागि स्थानीय वासिन्दाहरुले अब हुने गरेका विपद्बाट जोगाउनका लागि बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका छन् । मकवानपुरगढीमा हेटौंडाको शिवम सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावि रुपमा उत्खनन् गरेका कारण पनि बाढी पहिरोका घटना बढ्दै गएको स्थानीय टिका दाहालले गुनासो गर्नुभयो । बिशेषगरी मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा निकै चट्याङका घटना हुने गरेको सहभागिहरुको गुनासो छ । बिच खोलामा निर्माण हुन लागेको पुल समयमानै नबन्दा पनि बर्षायाममा भेलले गाउँलाई असर गर्ने मकवानपुरगढी ५ का अर्जुन न्यौपानेले बताउनुभयो ।
आगालागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख हो–मन्त्री थपलिया

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगालागी, वन डढेलो जस्ता सवालमा व्यवस्थापनको सवाल नै प्रमुख रहेको बताउनु भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमलाई संबोधन गर्दै उहाँले वन जोगाउन हिजो जनतामा जुनप्रकारको जतन÷चासो देखिन्थ्यो आज त्यो नरेको बताउनुभयो । अहिलेको अवस्थामा दैवि प्रकोपबाट जोगाउने विषयमा बेवास्ता बढेकोले चुनौति बढेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘निययन्त्रणको लागि अब सचेतना बढाउनुको अर्को विकल्प छैन । पर्या–पर्यटनालाई जोगाउनु पर्छ । यसमा जनताको चासो र चिन्ता चाहिन्छ । पहिरो नियन्त्रण संभव छ । यि सवालहरुमा विज्ञसँग छलफल गरेर आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार छ ।’

विपद्बाट बचाउँदै जिउधनको सुरक्षा गर्ने काम जनप्रतिनिधिको हो– वन मन्त्री पोखरेल
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशब प्रसाद पोख्रेलले विपद्बाट बचाउँदै जिउधनको सुरक्षा गर्ने काम जनप्रतिनिधिको रहेको बताउनु भएको छ । अहिलेको यो सार्वजनिक सुनुवाइ कार्यक्रम उचित समयमा उचित भएको बताउनुभयो । अहिले बजेट र योजना बनाउने बेलामा जनताको गुनासा सुन्न पाउनु भनेको योजनालाई समेट्न सजिलो हुनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘जनताको ज्यू धनको सुरक्षा हामी जनप्रतिनिधिहरुको कर्तव्य हो । बन्नेवाला योजनामा जनगुनासाहरुलाई समेट्न कोशिस गरिनेछ ।’ आगालागी नियन्त्रणको लागि पूर्वतयारी आवश्यक भएको आभाष हामीले पनि गरेको मन्त्री पोख्रेलले बताउनुभयो । प्रदेशको कुल भुभागको ५३ प्रतिशत जनिम वनले ढाकेको वताउँदै उहाँले भन्नुभयो–‘वनलाई आर्यआर्जनसँग जोड्न र वनको काठ प्रयोग गर्न प्रदेश सरकारले यसअघि (चैत्र २० गते) नै स्वदेशी काठमात्रै प्रयोग गर्ने निर्णय गरिसकेको छ । वनमा डढेलो लाग्नै नदिन र वनलाई जनजीविकासँग प्रदेश सरकारलाई दबाब पुगेको छ । स्थानीय समूह, स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यस्ता विपद रोक्नको लागि सहकार्य गर्नुपर्छ ।’

वनमा वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको छ– प्रदेश सभा सदस्यः भारती पाठक
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको बताउनु भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोःलै उहाँले भन्नुभयो–‘वन डढेको आवश्यक पनि छ तर अहिले व्यवस्थापनको कमजोरी र सिपको अभावनको कारण वन डढेलो विपद बन्न पुगेको हो ।’ वनमा डढेलो लाग्न नदिन सचेत हुनु भन्दा लार्पवाही बढी हुन थालेको प्रदेश सांसद पाठकले बताउनुभयो । यसको बारेमा बहस हैन पूर्व तयारी आवश्यक रहेको बताउनुभयो । वनको काठ, जडिबुढी नष्ट भएको बताउनुभयो । अहिले वन जोगाउन जनचेतना सिप पनि चाहिएको छ । अग्नी नियन्त्रणमा लाग्नेहरुको सुरक्षामा प्रदेश सरकारले के गर्दा होला आफ्नो समितिमा समेत सल्लाह गर्ने बताउनुभयो ।

आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु जरुरी छ–प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ

बागमती प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठले सबैले आ–आफ्नो स्थानबाट विपदबाट बच्न ध्यान दिनु पर्ने बताउनुभयो । अहिले बागमती प्रदेश र मकवानपुर जिल्लामा समेत विपद्का घटना धेरै भएकाले यसको पूर्व तयारीमा लाग्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मागमती प्रदेशसभाका सदस्य विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाईले बिपद्बाट हुने जोखिम नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।

Previous Post

राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन सकेन : ओली

Next Post

प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न

प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार