हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले जेठ १५ गते गणतन्त्र दिवसका दिन प्रेस सेन्टर नेपाल मकवानपुरको साधारणसभा सभा भेला आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभामा रुद्र शेन स्मृति पत्रकारिता पुरस्कार, वरिष्ठ पत्रकार कौशल पाण्डे स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार र कृयाशिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।
पुरस्कार प्रदान गर्न प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्काको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति बनाईएको छ । समितिमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश उपाध्यक्ष नानिमैया बिष्ट र मकवानपुर उपाध्यक्ष राजकुमार केसि सदस्य रहनुभएको छ ।
यस्तै आसन्न नेपाल पत्रकार महासघको निर्वाचनको तयारीको निम्ति जिल्ला इन्चार्ज ध्रुवराज ढकालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी पनि बनाईएको छ । जस्मा प्रदेश महासचिव तथा पत्रकार महासघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, पत्रकार महासघ मकवानपुर उपाध्यक्ष सरला अधिकारी र प्रेस सेन्टर मकवानपुर सचीव एमपी शर्मा सदस्य रहनुभएको छ ।
बैठकले पत्रकार महासघको निर्वाचन, साधारणसभा तयारी, जिल्लाको सञ्चारमाध्यम र श्रमजीवी पत्रकारको अवस्था लगायतका बिषयमा महत्त्वपूर्ण छलफल र निर्णयहरु गरेको छ ।
प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव बिरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासघ केन्द्रीय सदस्य सुनिल खड्का, जिसस मकवानपुर प्रमुख ललित घलान, प्रेस सेन्टर नेपाल बागमती प्रदेश महासचिव ध्रुव अधिकारी, नेपाल पत्रकार महासघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर लगायतकाले सम्बोधन गर्नुभएको थियो ।