Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत : क्षेत्राधिकार तोक्न कार्यदल गठन

दोभानचौर खबर by दोभानचौर खबर
May 19, 2024
in समाज, समाचार
0
संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत : क्षेत्राधिकार तोक्न कार्यदल गठन
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ / सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

लेखककाअनुसार छानबिन समितिको कार्यादेश अर्थात् टिओआर आज बिहानको छलफलपछि टुङ्गो लाग्नेछ । ‘सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहबीच समान धारणा बनेको छ । यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ,’ नेता लेखकले भन्नुभयो ।

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेता बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ । गिरिको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परिवार, एमाले प्रमुख सचेतक महेस बर्तौला र राष्ट्रिय स्वजतन्त्र पार्टीका सांसद शिशिर खनाल सम्मिलित कार्यदल गठन भएको छ ।

छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास गरिएको छ ।

आज संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । छानबिन समिति गठन गर्ने विषयमा यसअघि चरणवद्ध रूपमा छलफल भएको थियो । हिजो पनि शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गर्नुभएको थियो ।

सभामुखसँगको छलफलपछि प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गर्नुभएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले यसअघि संसद्मा निरन्तर अवरोध गर्दै आएको थियो ।  

Previous Post

कोशी र बागमतीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

Next Post

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार