Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गण्डकीमा बहुमत जुटाउने र मधेशमा विपक्षीको सरकार सुरक्षित गर्ने कांग्रेसको रणनीति

दोभानचौर खबर by दोभानचौर खबर
May 30, 2024
in समाज, समाचार
0
गण्डकीमा बहुमत जुटाउने र मधेशमा विपक्षीको सरकार सुरक्षित गर्ने कांग्रेसको रणनीति
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाली कांग्रेसले गण्डकीमा प्रदेशमा बहुमत जुटाउने र मधेश प्रदेशमा विपक्षी गठबन्धनको सरकार सुरक्षित गर्ने रणनीति बनाएको छ । यसका लागि कांग्रेसले विपक्षीसहित सत्तारुढ एकीकृत समाजवादीसँग पनि छलफल थालेको छ । कांग्रेसले हिजो जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीसँग छलफल गरेको हो ।

सर्वोच्च अदालतको परमादेशसँगै हिजो गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, अहिलेको अवस्थामा पाण्डेसँग बहुमत छैन ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सहमतिमा लिन सक्यो भने पनि ३१ बहुमत पुर्‍याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ । त्यसो छ एमाले–माओवादी गठबन्धनसँग पनि बहुमत छैन । एमालेसँग उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ र एक सिट एकीकृत समाजवादी गरी ३१ सिट छ ।

कांग्रेसले जसपा नेपालमा फुटसँगै सङ्कटमा परेको मधेश सरकारका विषयमा समेत छलफल थालेको छ । मधेशमा जसपा नेपालका सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारले आउँदो ३० गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । कांग्रेससँग २२, जसपा नेपालको १९, एकीकृत समाजवादीको ७ र लोसपाको ८ गरी ५६ सांसद पुग्छन् । त्यसैले कांग्रेसले सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेशमा नयाँ गठबन्धन सरकार बनाउने गरी तयारी थालेको हो ।

Previous Post

सुर्खेतमा जिप पल्टिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

Next Post

२४ जनाले गरे रक्तदान

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
२४ जनाले गरे रक्तदान

२४ जनाले गरे रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार