रामेछाप ।
मन्थली नगरपालिकाको हेफरले अनुदान दिने भनेर रोगी बोका दिएर खोर नै रित्तिएको छ। मन्थली ८ लक्ष्मी केसीको परिवारलाई हेफरले एउटा बिरामी बोका दिएको थियो । त्यस बोकाले गर्दा घरमा भएको ७ बोका र एउटा पाठी घुमाउनु परेको छ। केसि अहिले पीडामा छिन ।
मन्थली नगरपालिका र हेफरको लगानीमा पहाडी समाजको समन्वयमा काम गर्दै आएको छ । कृषकको हकमा काम गर्ने भन्दै आए पनि बारम्बार बिबादमा मुझिएको छ। कहिले कृषकको बजेटमा वडा अध्यक्षलाई इलाम पुर्याउने त कहिले पशु शिबिर राख्ने अनि माचको भैंसी र खोरका कुखुरा शिवीर भएको ठाउँमा ल्याउनु समेत भनेर सुचना निकाल्दा प्रश्न चिन्ह खडा नभएको होइन। यो बिषयमा मन्थली नगरपालिकाका।प्रशासकीय अधिकृतलाई सोध्दा थाहा छैन भन्छन हरि चापागाईं । जबाफदेही हेर्दा उनीको पनि मिलेमतो छैन भन्न सकिदैन । २ बर्ष अगाडी मन्थली आएका चापागाईं अहिले कुन शिर्षकमा कति कमाइ हुन्छ भन्य बाहेक नागरिकको समस्या देख्दैनन ।
हेफरले राखेको मन्थली ८ कि भेट्नरी प्राबिधिक सम्झना श्रेष्ठ भन्छिन बोका बिरामी थियो रुघाखोकी लागेको थियो छुट्टै राख्नुपर्ने राखेनन । हामीले सकेको उपचार पनि गरेका हौं । हेफर संचालक पहाडी समाजका अध्यक्ष यसलाई सामान्य मान्छन किनकी हेफर सम्झौता छ हाकिम सँग राम्रो साठगाठ भएपछि कसैले केही भन्दैमा केही छैन मन लाग्दी गर्छन रत्न कडेल ।
पशु कार्यलय रामेछापका अनुसार रोग बोकाकै कारण सरेको हो । केही नमुना परिक्षणको लागि काठमाडौ लगिएको छ अब रिपोर्ट आएपछि थहा हुन्छ के भएको हो ।







