गोकुलगंगा गाउपालिकाका अध्यक्ष काजी बहादुर खड्काले दिनभरी घाम लाग्ने र राती बर्षाको कारण मानवीय क्षति पुग्ने भएकाले नागरिकलाई सुरक्षित रहन अपिल गरेका छन ।
केही दिन अगाडी मात्र भएको मानवीय क्षतिले सिङ्गो गाउपालिका पीडामा छ । यस्ता घटना नहोस् भनेर स्थानीय सरकारले सक्ने जति बिपद नहुन दिन लागेको छ। समयमै नागरिकले पनि आफ्नो ठाउँ बाट सतर्कता अपनाइदिन आग्रह समेत अध्यक्ष खड्काले गरेका छन । सामाजिक संजालमै खड्काले यस्तो बिपद आएमा सम्बन्धित वडा अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क नम्बर सार्वजनिक गरेका छन । यो समयमा सम्पुर्ण संघ संस्था तथा राजनीति दललाई पनि एक भएर स्थानीय सरकार र नागरिकलाई सहयोग गर्न अपेक्षा समेतको आशा अध्यक्ष खड्काले गरेका छन ।
१. वडा न. १ छत्र बहादुर बस्नेत अध्यक्ष 9851242092/9769766985
२. वडा न. २ सुन्दर कार्की अध्यक्ष 9849287180
३. वडा न.३ नरविक्रम कार्की अध्यक्ष 9840199672
४. वडा न.४ रामचन्द्र बस्नेत अध्यक्ष 9854040693
५. वडा न.५ दिपक कार्की अध्यक्ष 9854040520
६. वडा न.६ चन्द्र बहादुर सुनुवार 9851055883
७. बाबुराम घिमिरे गा. पा बिपत शाखा 9849990759
वडा अध्यक्ष सबैको नम्बर छ जसलाई गर्दा नि हुन्छ सम्बन्धित वडा अध्यक्षको फोन नलाग्न सक्छ त्यसैले हामी सबै बिपतका सारथि हौ पालिकाका प्रबक्ता तथा ६ का वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले दोभानचौर सँग उल्लेख गरेका छन । नागरिकलाई बिपत्तिमा एक्लो महसुस हुन नदिने पनि प्रबक्ताले प्रतिबद्धता ब्यक्त गरेका छन ।







