हेटाैँडा । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन मंगलबार एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ रहेको थियो ।
यसअघि अघिल्लो हप्ताको सोमबार सुन अहिलेसम्मकै उच्च एक लाख ५० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ थियो ।







