Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बोलोचौक बहुउद्देश्यीय सहकारीको प्रथम साधारणसभा सम्पन्न,डिजिटलाईजेसन गर्दै एटिएम राख्ने तयारी

दोभानचौर खबर by दोभानचौर खबर
October 2, 2024
in समाचार
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

झापा । श्री बोलोचौक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ४ स्थित बोलोचौकमा रहेको संस्थाको साधारणसभा आफ्नै कार्यालयको प्राङ्गणमा गत शनिबार सम्पन्न भएको हो ।

नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७४ अन्तर्गत स्थापित यस संस्थालाई वडाकै पहिलो र नगरपालिकाको कान्छो सहकारीका रूपमा चिनिन्छ । उक्त सहकारी यस वर्षको नेपालकै पहिलो कर तिर्ने संस्था समेत भएको छ । साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले कारोबार सँगै उत्पादनमुलक काम गर्न संस्थालाई आग्रह गर्दै अहिलेको प्रबिधि सँग पनि जोडिनका लागि सहकारीलाई डिजिटलाईजेसन गर्न एटिएम राख्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, उप -मेयर नर माया कार्कीले सहकारीलाई मलको डिलर राख्न र चिया प्याकेजिङ गरि बजारिकरण गर्न सहयोग गर्ने बताउनुभयो । गरिबी र बेरोजगारी घटाउन कृषिलाई समेत व्यवसायिकरण गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो ।

यसैगरी, जिल्ला सहकारी संघका सदस्य तिलक प्रसाद राजवंशीले सहकारीले छाेटाे समयमा गरेकाे सदस्य विस्तार, काराेबार, सदस्यहरूलाई दिएकाे सुबिधा र डिजिटलाईजेसन माध्यम सँग जाेड्न सफल हुनु चाहिँ साच्चिकै गाैरव गरर्न लायक र उत्कृष्ट रहेकाे बताउनुभयो ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु पारित गरेको छ । संस्थाका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा संस्था सधै क्रियाशिल रहने प्रतिवद्धता जनाउँदै सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता मिना दुलाल खतिवडा,दिलिप कुमार शाह,शेर बहादुर ताजपुरिया, नियमित बचतकर्ता नरेश ताजपुरिया,ओमनाथ कडेरिया,विरेन्द्र प्रसाद यादव, उत्कृष्ट ऋणी निर्मला दाहाल, गंगा माया ताजपुरिया, उत्कृष्ट शेयर सदस्य पदम माया मैनाली, सुवास पौदार र संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी, कार्यक्रममा नजिकिदै गरेको विजया-दशमी, शुभ-दिपावली,छठ पर्वको शुभकामना आदान प्रदानका साथै विभिन्न जातिय साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

संस्थाका अध्यक्ष डा।धर्मेन्द्र कुमार शाहको सभापतित्वमा सम्पन्न सभामा शिवसताक्षी न।पा।(५ का वडा अध्यक्ष सिकिन पासवान, झापा जिल्ला सहकारी संघका सदस्य तिलक प्रसाद सिंह राजवंशी, समाजसेवी भक्ती सिटौला ,ईलाका प्रहरी कार्यालय, शिवगञ्जका ईन्चार्ज अशोक चौहान,श्री बाल कल्याण आधारभूत विद्यालयका अध्यक्ष रंजीत कुमार ताजपुरिया, श्री पाथिभरा आधारभूत विधालयका प्रध्यानाध्यापक दिलिप ताजपुरिया,बोलोचौक बजार व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण श्रेष्ठ, वडा नम्बर ४ का चारै जना वडा सदस्यहरू सुमन लाल साहु,देवी तिवारी,चन्द्रावती ताजपुरिया,कृष्ण कुमारी परियार,ताजपुरिया बन्दु समाजका अध्यक्ष हरिया ताजपुरिया, नेपाल रेडक्रस सोसाईटी पाचगाछी उपसाखाका सभापति मिता सिटौला, प्राथमिक स्वास्थ केन्द्र शिवगञ्जका प्रमुख डा। देव पासवान, शेयर सदस्यहरू लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पूर्ण कुमार शाहको संयोजकत्वमा सम्पन्न उक्त साधारणसभाको कार्यक्रम सञ्चालन भने बलराम ताजपुरियाले गर्नुभएको थियो । संचालक समितिको अध्यक्षमा डा। धर्मेन्द्र कुमार शाह,उपाध्यक्ष पवित्रा ताजपुरिया,सचिव जुनु कुमारी ताजपुरिया,सह(सचिव अनिता दुलाल,कोषाध्यक्ष प्रभा ताजपुरिया,सदस्यहरू कचाली ताजपुरिया,निर्मला ताजपुरिया, लक्ष्मी ताजपुरिया, माया कुमारी ताजपुरिया रहेका छन् । यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुनिता कुमारी राजवंशी ९ताजपुरिया०, सदस्यहरू सरस्वती ताजपुरिया, सुवास पौदार छन् भने ऋण समिति संयोजकमा अनिता ताजपुरिया, सदस्यहरूमा शुशिला ताजपुरिया र गंगा कुमारी ताजपुरिया रहेका छन् ।

Previous Post

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

Next Post

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
Next Post
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार