सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउपालिकाका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । रिलिफ नेपाल सिन्धुली र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बाढि प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो ।
आज ( बुधबार) वडा नम्बर ७ का ६४ घरपरिवारलाई, ६ का ११ घरपरिवारलाई, ३ का ९ घरपरिवारलाई, वडा नम्बर ४ र ५ का गरि जम्मा ८८ बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री बितरण गरियो हो ।







