काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंक प्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका उपरथी भट्टको परिवारजनको उपस्थिति रहेको थियो ।







