Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

दोभानचौर खबर by दोभानचौर खबर
November 19, 2024
in शिक्षा, समाचार
0
स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप:  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गर्नुभएको थियो । सो अवसरमा महासङ्घ बागमती प्रदेशका अध्यक्ष विश्वराम त्वयनाले व्यवसायीको हकहित सुनिश्चित गर्न, एकता कायम गर्न र व्यवसायीलाई परेको समस्या समाधानको पहल गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो । 

देशभर भएको आर्थिक मन्दीका कारण पुस्तक तथा स्टेसनरी व्यवसायी तथा महासङ्घका सदस्यलाई परेको असर समाधान गर्न, व्यवसायीको समस्या पहिचाहन गरी निराकरणका उपायहरु खोजी गर्न, सङ्गठनलाई क्रियाशील र चलायमान बनाउन अभियान थालिएको बागमती प्रदेशका संयोजकसमेत रहनुभएका केन्द्रीय महासचिव पौडेलले बताउनुभयो । 

उहाँले महासङ्घका जिल्ला प्रदेश र केन्द्रीय संरचनालाई बलियो बनाउन, यसअघि महासङ्घले सुरु गरेका विभिन्न कामलाई पूर्णता दिन, सामजिक उत्तरदायित्वसमेत निर्वाह गर्न, जिल्ला र प्रदेशका सङ्गठनहरुका सदस्यलाई अभियानका बारेमा जानकारी गराउन र समस्या समाधानमा महासङ्घ समन्वय गर्न तयार रहेको अनुभूति दिलाउन यो अभियान थालिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा रामेछापका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा आफूहरुले भोग्नुपरेको पीडा र समाधानका उपायका बारेमा सुझाव दिएका थिए । 

महासचिव पौडेलले जिल्लाका व्यवसायीको समस्या आफ्नो समस्या भएको भन्दै ती समस्यालाई समाधान गर्न केन्द्रीय समिति लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अभियान सञ्चालनका लागि महासङ्घ केन्द्रले कोसीमा महासङ्घका तृतीय उपाध्यक्ष सरोज मास्के, मधेसमा उपमहासचिव अर्जुन आचार्य, बागमतीमा महासचिव पौडेल, गण्डकीमा प्रथम उपाध्यक्ष नारायण श्रेष्ठ, लुम्बिनीमा वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी, कर्णालीमा द्वितीय उपाध्यक्ष बुद्धिप्रसाद अधिकारीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

साथै सम्बन्धित प्रदेशका अध्यक्षलाई सहसंयोजकको जिम्मेवारी दिइएको र सुदूरपश्चिम प्रदेशमा भने प्रदेश अध्यक्ष श्याम पाठकलाई संयोजकको जिम्मेवारी दिइएको महासङ्घ केन्द्रीय समितिका अध्यक्ष शिवसागर शर्माले जानकारी दिनुभयो । अभियान सम्पन्न भएपछि महासङ्घका अन्य गतिविधि सञ्चालन गरिने उहाँले बताउनुभयो ।  (रासस)

Previous Post

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
आज देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार