Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पत्रकारितामा एआईको प्रयोग विषयक दुईदिने तालिम भक्तपुरमा सम्पन्न , आदिवासी जनजाति पत्रकारको उल्लेखनीय सहभागिता

दोभानचौर खबर by दोभानचौर खबर
June 7, 2025
in दाेभानचाैर आज
0
पत्रकारितामा एआईको प्रयोग विषयक दुईदिने  तालिम भक्तपुरमा सम्पन्न , आदिवासी जनजाति पत्रकारको उल्लेखनीय सहभागिता
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, जेठ २५ – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग” विषयक दुई दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजित तालिम जेठ २३ र २४ गते भक्तपुरमा सम्पन्न भएको हो।

तालिमको उद्घाटन मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा फोनिजका संघीय महासचिव तथा प्रशिक्षक समिर बालामी विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने अध्यक्षता फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले गर्नुभएको थियो। साथै, तामाङ पत्रकार संघका साइला लामा र नेवा पत्रकार राष्ट्रिय दबुका नृपेन्द्रलाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बागमती प्रदेश अन्तर्गतका काठमाडौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, रामेछाप, सिन्धुली र दोलखा जिल्लाबाट सहभागी पत्रकारहरूको उपस्थिति उल्लेखनीय थियो। सहभागीहरूमा फोनिजका सदस्यहरूका साथै प्रविधिप्रति चासो राख्ने सञ्चारकर्मीहरूको उपस्तिथि रहेको थियो।

कार्यक्रममा प्रशिक्षक समिर बालामीले समाचार लेखन, अनुसन्धान, डाटा विश्लेषण, तथ्य जाँच (fact-checking), र बहुभाषिक अनुवादमा एआईको प्रयोगबारे व्याख्या गर्नुका साथै व्यावहारिक अभ्याससमेत गराउनु भयो। उहाँले एआईबाट पत्रकारितामा आउने फाइदा र चुनौतीहरूबारे पनि छलफल समेत गर्नुभयो।

कार्यक्रमको समापन सत्रमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता तालिमहरूलाई राज्यका नीतिगत तहमा प्राथमिकतामा राखिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले तालिमले आदिवासी जनजातिका पत्रकारहरूलाई डिजिटल युगअनुसार अपडेट हुन मद्दत गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा अझ व्यापक तालिम आयोजना गरिने जानकारी दिनुभयो।

Previous Post

“अस्तित्वको संकटबाट आशाको दीपसम्म” – भद्रकुमारी विद्यालय

Next Post

अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न, माझिको अध्यक्षतामा २७ सदस्य

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न,  माझिको अध्यक्षतामा  २७ सदस्य

अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न, माझिको अध्यक्षतामा २७ सदस्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार