Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बजेटको दस्तावेज, गाउँको दिगो भविष्य: लिखु तामाकोशीको सम्मउन्नतको संकल्प

दोभानचौर खबर by दोभानचौर खबर
June 25, 2025
in दाेभानचाैर आज
0
बजेटको दस्तावेज, गाउँको दिगो भविष्य: लिखु तामाकोशीको सम्मउन्नतको संकल्प
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, लिखु तामाकोशी — बजेट केवल रकमको लेखाजोखा होइन, सपना देख्ने र तिनलाई सार्थकता दिने एक कागजी योजनाको खाका हो। र, यसपटक लिखु तामाकोशी गाउँपालिकाले प्रस्तुत गरेको ६८ करोड २५ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेटले गाउँको अनुहार फेर्ने यात्रा शुरु गरेको छ।

यो बजेट न केवल गाउँपालिका प्रशासनको आर्थिक दृष्टिकोण देखाउने ऐना हो, यो एक परिकल्पना हो — जहाँ ग्रामीण बस्तीभित्र शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा स्वरोजगार, पर्यटन र सामाजिक सुरक्षाको समृद्धि चित्र कोरिन्छ।
गएको मंगलबार सम्पन्न गाउँसभाको विशेष अधिवेशन, उपाध्यक्ष दीपा पाख्रिनको प्रस्तुती र अध्यक्ष केशव महतको नेतृत्व, तीनै तत्व मिलेर एक यस्तो मञ्च बने — जहाँ सपना मात्र देखाइएन, तिनलाई कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र पनि प्रस्तुत गरियो।
दीपा पाख्रिनको आत्मविश्वासी प्रस्तुतिमा बजेटले संख्याभन्दा पनि सोचलाई प्रतिनिधित्व गर्‍यो। उनले आर्थिक क्षेत्रका विविध पक्षमा सन्तुलित लगानीको खाका कोर्दै गाउँको दीर्घकालीन हितको पक्षमा आवाज उठाइन्।
गाउँसभा अध्यक्ष केशव महतले नीति तथा कार्यक्रममार्फत आगामी वर्षका लागि विकासको स्पष्ट र व्यावहारिक रोडम्याप प्रस्तुत गरे। स्वास्थ्य चौकीको स्तरोन्नति होस् या ग्रामीण सडक सञ्जाल विस्तार, कृषि अनुदान होस् या स्थानीय उत्पादन प्रवर्द्धन — बजेटले हरेक क्षेत्रमा छुने प्रयास गरेको छ।
विशेष ध्यान कृषि, महिला सशक्तिकरण, युवा स्वरोजगार, र पर्यटन प्रवर्द्धनमा दिइएको छ। गाउँमा नै रोजगारी सिर्जना गरी वैदेशिक पलायन कम गर्ने लक्ष्यबद्ध सोच, अध्यक्ष महतको योजनामा प्रष्ट देखिन्छ।
लिखु तामाकोशी एक समय विवादास्पद निर्णय, राजनीतिक उतारचढाव र योजनाको अपूरा कार्यान्वयनका कारण आलोचनाको घेरामा रहन्थ्यो। तर पछिल्ला दुई वर्षको प्रयासले गाउँपालिकाले क्रमशः आफ्नो पहिचान परिमार्जन गर्दै लगेको छ। यसपटकको बजेट त्यसैको पुष्टि हो — लोकप्रिय नारामा सीमित नभई कार्यदक्षता र परिणाममुखी योजनामा जोड दिएको देखिन्छ।

अध्यक्ष महतको नेतृत्वमा आएको यो नयाँ सोच — ‘दर्ता मात्र होइन, दरिलो कार्यान्वयन’ भन्ने नारामा केन्द्रित देखिन्छ।

विद्यालयदेखि समृद्धिसम्मको दृष्टि
शिक्षालाई प्राथमिकतामा राख्दै अध्यक्ष महतले शिक्षामा गुणस्तरीय सुधार ल्याउने योजनाहरू अघि सारेका छन्। उनले भनेका छन् — “सहज, सरल र अभिभावकसरहको नेतृत्वमार्फत हामी बालप्रतिभा अभिव्यक्तिका लागि स्वस्थ वातावरण बनाउँदैछौं।”
विद्यालयमा बालमैत्री कार्यक्रम, शिक्षक तालिम, डिजिटल शिक्षा, छात्रवृत्ति तथा स्थानीय प्रतिभा प्रवर्द्धनका कार्यक्रमले गाउँका विद्यालयलाई शहरी स्कुलको तुलनामा उभ्याउने लक्ष्य लिएको छ।

गाउँमै सम्भावनाको संसार

यो बजेटले एक सन्देश दिएको छ — समृद्धिको सपना सहरमै होइन, गाउँमै सम्भव छ। गाउँका पाखा–पखेरा, डाँडाकाँडामा पनि उत्पादनको उज्यालो फैलन सक्छ, यदि सही नीति, सही नेतृत्व र सही लगानीको संयोजन मिल्यो भने।

अब चुनौती भनेको यही सपनालाई व्यवहारमा उतार्ने हो। गाउँसभाले देखाएको प्रतिबद्धता, स्थानीय सरकारको इच्छाशक्ति र जनताले देखाएको भरोसालाई मूर्तरूप दिन इमानदार कार्यान्वयन आवश्यक छ।
लिखु तामाकोशी गाउँपालिकाको बजेट केवल अंकहरूको कागज होइन। यो गाउँका अभावमा बाँचेका नागरिकहरूको अपेक्षा र आशाको दस्तावेज हो। सहज, सरल र समर्पित नेतृत्वले गाउँ विकासको पथमा अग्रसर भइरहेका छन्।
पालिकाको बजेट कार्यान्वयनमा इमानदारी, पारदर्शिता र निरन्तरता कायम रह्यो भने, लिखु तामाकोशी केवल रामेछापकै होइन, देशैभरि एक प्रेरक उदाहरण बन्न सक्छ ।

Previous Post

‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

Next Post

गोकुलगंगा गाउँपालिका : शिक्षा सम्भावनाको उज्यालो यात्रा

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
गोकुलगंगा गाउँपालिका : शिक्षा  सम्भावनाको उज्यालो यात्रा

गोकुलगंगा गाउँपालिका : शिक्षा सम्भावनाको उज्यालो यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार