काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ। अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
आन्दोलनपछि जेन–जी प्रतिनिधिहरुलाई कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको थियो। सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो।
प्रधानमन्त्री सुशिला कार्की यसअघि सर्वोच्च अदालतकी प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसक्नुभएको छ। यो नियुक्तिसँगै उहाँ नेपालको इतिहासमै पहिलो प्रधानमन्त्री बन्नुभएको छ।






