डा. भद्रा भण्डारी द्वारा बिचार मंचमा लेखिएको अंश
एक शब्दमा भन्नु पर्दा शिक्षक राष्ट्रका “गहना” हुन्।
शिक्षक केवल किताबका अक्षर पढाउने मात्र नभई जीवनका मार्गदर्शक, ज्ञानको ज्योति र राष्ट्र निर्माणका आधारशिला हुन्।
अज्ञानताको अन्धकार चिर्ने, ज्ञानको उज्यालो देखाउने मार्गदर्शक हुन् शिक्षक।
राष्ट्र निर्माणको विटा रोप्ने, चरित्र निर्माणमा जग हाल्ने र समाजलाई ज्ञानको उज्यालोले भरिदिने व्यक्ति हुन् शिक्षक।
शिक्षक तिनै हुन् जसले आफ्नो बौद्धिकताको भण्डारबाट ज्ञानको ज्योति बालेर यो समाजलाई सही दिशामा लैजाने पथ प्रदर्शक हुन् शिक्षक।
सत्य समाज निर्माणको मूल प्रेरक हुन् शिक्षक।
भविष्यका कर्णधारको निर्माणमा राष्ट्र निर्माणका जग बसाल्ने मूल आधार हुन् शिक्षक।
समाजशास्त्रीय दृष्टिकोणले शिक्षक समाजका परिवर्तनकर्त्ता अथवा चेतनाको सञ्चालक हुन् भने धर्मशास्त्रीय दृष्टिकोणले गुरु ज्ञानको ज्योति प्रज्वल गर्ने दिव्य स्वरूप हुन्।
जसरी कुम्हाले काँचो माटोलाई आफ्नो मेहनत र शिल्पको माध्यमबाट आकार प्रकार दिई सुन्दर भाँडाका रूपमा परिवर्तन गर्छन्, त्यसरी नै शिक्षकले पनि कलिला विद्यार्थीहरूको जीवनको सुरुवातदेखि नै आफ्नो ज्ञानको चर्म वस्त्रबाट सोच्ने विचार दिने, सत्य परिवार सत्य समाज तथा सत्य राष्ट्रको निर्माण गर्ने कर्ताधारको जिम्मेवारी पार्दछन्।
तथापि जीवनका यात्राहरूमा अपूराे मोहहरूमा आइपर्दा दरिलो खुट्टा टेक्ने साहस र धैर्यताका जीवनलाई अगाडि बढाउन मद्दत पुग्नेछ।
त्यसैले नै गर्दा होला वेद र पुराणमा भनिएको छ–
“गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परमब्रह्म तस्मै श्री गुरवे नमः।। ”
गुरु ब्रह्मा सृष्टिकर्ता, गुरु विष्णु पालनकर्त्ता र गुरु महेश्वर संहारकर्त्ता गुरु नै साक्षात् परमब्रह्म हुनुहुन्छ।
यस्ता गुरुलाई नमन् गर्नू भनिएको छ।
तसर्थ शिक्षकले विद्यार्थीको जीवनमा नयाँ ज्ञानको सृष्टि बनाउने जसरी गर्दा ब्रह्मा, प्राप्त ज्ञानलाई पालना गर्ने जीवनयात्रा सहज बनाउन विष्णुले जस्तै मार्गदर्शन गर्दछन्।
र अन्धविश्वास तथा दोषहरूको संहार महादेवले जस्तै गरेर सत्य, विवेक र चेतनाको बाटो देखाउँछन्।
त्यसैले गुरु ब्रह्मा, विष्णु र महेश्वरले जस्तै शिक्षा प्रदान गर्ने, मार्गदर्शन गर्ने र ज्ञान प्रज्वलित बाटो देखाइदिने, चरित्र निर्माणमा सहयोग गर्ने व्यक्ति हुन् गुरु, जसलाई शिक्षक पनि भनिन्छ।
त्यसैले गर्दा नै शिक्षक समाज र राष्ट्रका गहना हुन्।







