Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षकको भागमा भत्ता छैन, खर्च कटे हर्ष न बिमति

दोभानचौर खबर by दोभानचौर खबर
September 17, 2025
in शिक्षा
0
शिक्षकको भागमा भत्ता छैन, खर्च कटे हर्ष न बिमति
96
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter

सरकार हरेक वर्ष खर्च घटाउने योजनामा व्यस्त रहन्छ। बजेट भाषणमा कटौतीको कुरा आउँछ, भत्ता–सुविधा सीमित गर्ने निर्णय हुन्छ, तर वास्तवमा दैनिक जीवनमा सरकारी खर्च घटाउने अभ्यास गर्ने भनेका शिक्षकहरू हुन्। उनीहरूको जीवनशैली हेर्दा लाग्छ शिक्षकको संघर्ष नै राज्यको बचत हो।

शिक्षक सुविधा बिना यात्रामा:
शिक्षकलाई सरकारी गाडी कहिल्यै भेटिँदैन। उनीहरू स्कुटी, मोटरसाइकल, साइकल वा सार्वजनिक बसमै यात्रा गर्छन्। पेट्रोल–डिजेल वा मर्मत खर्चको बिल राज्यलाई कहिल्यै दिँदैनन्। यसरी सरकारले महिनौँको इन्धन बजेट बाँचिरहेको छ।

एसी–हिटरबिनाको कक्षा
अधिकारीहरूलाई चिसो–गर्मी सहन गाह्रो हुन्छ। कार्यालयमा एसी, हिटर आवश्यक हुन्छ। तर शिक्षकको कोठा भने जाडोमा चिसो ढुसीले भरिएको, गर्मीमा पसिनाले भिजेको हुन्छ। ताप नियन्त्रण उपकरण त सपना मात्र! यसरी पनि हजारौँ रुपैयाँ बचाइन्छ।

आफ्नै खर्चमा शिक्षण
गृहकार्य जाँच्दा रातो कलमदेखि मास्कसम्म शिक्षककै निजी पैसाले आउँछ। ल्यापटप पनि आफ्नै खर्चमा प्रयोग गर्छन्। यसरी शिक्षा शिक्षणलाई टिकाइराख्ने सारा भौतिक खर्च शिक्षकको काँधमा हुन्छ, राज्यको होइन।

बैठक र भ्रमण भत्तामुक्त
विद्यालयमा हुने बैठकमा कसैले भत्ता माग्दैन। विद्यार्थीलाई भ्रमणमा लैजाँदा त झन् बीमा वा अतिरिक्त भत्ता पाइँदैन। शिक्षकले आफैं व्यवस्थापन गर्छन्, आफैं जिम्मा लिन्छन्।

परीक्षा–प्रणालीमा श्रम
देशकै ठुलो परीक्षा SEE/SLC मा शिक्षकलाई ३ घण्टा उभिएर मात्र रु. २९७/५० दिने प्रणाली छ। अन्य परीक्षाका उत्तरपुस्तिका परीक्षण त नि:शुल्क नै हुन्छ। शिक्षण श्रमलाई पैसा होइन, बलिदानले नापिन्छ।

विदा र समय
निजामती कर्मचारीलाई अध्ययन विदा, भ्रमण विदा, घरविदा सजिलै मिल्छ। शिक्षकलाई भने यस्तो सुविधा छैन। शनिबार वा सार्वजनिक बिदा भए पनि विद्यालयको आवश्यकता परे भने उपस्थिति अनिवार्य हुन्छ। आकस्मिक विदा परेको दिन सट्टाभर्ना आफैं गर्छन्, भत्ता बिना।

सरकारी क्वाटर त के डेरा भाडा समेत पाइदैन
घरपायी नभएका शिक्षकले कोठा भाडा आफैं तिर्छन्। विद्यालयले राखेको जारको पानी भन्दा पनि आफ्नै बोतल ल्याएर प्यास मेट्छन्। दिनको सात–सात पिरियड पढाएर थाक्दा पनि राति घरमा गएर अर्को दिनको पाठ योजना तयार पार्छन्।

तलब र इमानदारी
शिक्षकले घुस खाँदैनन्। तीन–तीन महिनापछि मात्र शुद्ध तलब पाउँछन्। राजनीतिक, सामाजिक, प्रशासनिक सबै किसिमको दबाब सहन्छन् तर जवाफ फर्काउँदैनन्। पारिश्रमिकभन्दा ठूलो उनीहरूको आस्था विद्यार्थीको भविष्य हो।

तुलना र प्रश्न
निजामती कर्मचारीलाई सरकारी गाडी चाहिन्छ, हरेक बैठकमा भत्ता चाहिन्छ, भ्रमण विदा, घरविदा, अध्ययन विदा, परिवारलाई छात्रवृत्ति र बीमा सबै चाहिन्छ।
तर शिक्षक?
शिक्षकलाई सुविधा भन्दा बढी जिम्मेवारी बाँडिएको छ। उनीहरूले राज्यलाई सबैभन्दा बढी खर्च कटौतीमा योगदान दिइरहेका छन्।

शिक्षकको जीवनलाई नजिकबाट नियाल्दा बुझिन्छ – उनीहरू मात्र हुन् जसले राज्यलाई अनगिन्ती खर्च बचाइरहेका छन्। तर विडम्बना के छ भने, राज्यले तिनलाई अझैसम्म उचित सम्मान गर्न सकेको छैन।

“जब शिक्षककै बलिदानले देशको खर्च घटिरहेको छ, तब शिक्षकलाई उपयुक्त मूल्यांकन र सम्मान किन दिइँदैन?”
यो प्रश्न समाजकै सामु ठडिएको छ।

तस्वीर गुगल

 

Previous Post

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

Next Post

गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन

RelatedPosts

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
Next Post
गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन

गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार