काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण केही फिल्म र म्युजिक भिडियोहरूको रिलिज प्रभावित भएपनि डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा रहेकाे “तिम्रो प्यारमा” बाेलकाे गीत भने घटस्थापनामै रिलिज हुने भएकाे छ ।
आगामी असाेज ६ गते साेमबार घटस्थापनाका दिन लभ स्टाेरी गीत “तिम्रो प्यारमा” सार्वजनिक गरिने सामाजिक अभियान्ता एवं कलाकार डाक्टर शाहले जानकारी दिएका छन् । गीतकार डाक्टर शाहको प्रेमील शब्दलाई गायीका सुमिना लोले मिठाे सुमधुर स्वर भरेकी छिन् भने गीतमा संगीत नरहरी प्रेमीकाे रहेकाे छ । रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई देखाइएको छ।
यस्तै, हारमोनिक स्टुडियोमा रेकर्ड गरिएको गीतकाे ऐरेन्जर सन्तोष प्रगाधले गरेका छन् भने भिडियो सम्पादन ई. रबिन ताजपुरियाले गरेका छन् । प्रतिभाहरूलाई उजागर गर्ने मुख्य उदेश्यको साथ नेपाली गीत संगीतमा थौरै भए पनि सहयोग गर्ने उद्देश्यले आफुले गीत संगीतमा रुचि राखेका् डाक्टर शाह बताउँछन् ।
उक्त गीत डिजिटल डिएस नामक यूट्युब च्यानलमा सार्वजनिक गरिनेछ । सामाजिक काममा मात्रै नभएर साहित्य र संगीतमा क्रियाशील गीतकार शाहले यस गीतलाई साथ, सपोर्ट र माया गरिदिन सम्पुर्णमा आग्रह समेत गरेका छन्।







