Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

उपत्यकाका १९ स्थानमा वाइफाइ जडान

दोभानचौर खबर by दोभानचौर खबर
November 5, 2025
in दाेभानचाैर आज, समाचार
0
सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्।

काठमाडौँ उपत्यकाका प्रमुख सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सुविधा विस्तार गर्ने योजनासहित असोज ६ गते पदभार ग्रहण गरेका मन्त्री खरेलले आज नयाँ बसपार्क पुगेर सेवा औपचारिक रूपमा सुरु गरेका हुन्।

कार्यक्रममा मन्त्री खरेलले नयाँ बसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट जडान गरिएको जानकारी दिए। उनले भने, “पदबहालीका क्रममा गरेको प्रतिबद्धता पूरा गर्न आजबाट निःशुल्क इन्टरनेट सेवा सुरु गरेका हौँ। यसलाई क्रमशः उपत्यकाबाहिरका शहर र दुर्गम क्षेत्रमा पनि विस्तार गर्दै लैजानेछौँ।”

उनका अनुसार सरकारले राजधानी काठमाडौँसँगै देशका दुर्गम भूभागहरूमा पनि इन्टरनेट सेवा विस्तारको काम तीव्र बनाएको छ। “दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पसम्म इन्टरनेट पुगेको छ। अब सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायत कमजोर नेटवर्क भएका क्षेत्रमा पनि प्रभावकारी सेवा पुर्‍याउन सरकार प्राथमिकताका साथ काम गरिरहेको छ,” मन्त्री खरेलले बताए।

उहाँले सातै प्रदेशका राजधानीहरूमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मुलुकका गाउँ–सहर र दुर्गम क्षेत्रसम्म टेलिफोन र इन्टरनेट पहुँच पुर्‍याउन आवश्यक तयारी भइरहेको बताए।

सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधि क्षेत्रमा भइरहेको तीव्र विकास, उपलब्ध स्रोतसाधन र नागरिक मागलाई ध्यानमा राख्दै देशभर इन्टरनेटको क्षमता विस्तार गरिने बताइन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीका अनुसार सञ्चार मन्त्रालयको निर्देशनमा नयाँ बसपार्क, पशुपतिनाथ मन्दिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँका प्रमुख अस्पतालहरूमा निःशुल्क वाइफाइ सेवा विस्तार गरिएको छ।

नयाँ बसपार्क सञ्चालनकर्ता लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले वाइफाइ सेवाले यात्रु र सेवाग्राहीलाई ठूलो सुविधा पुगेको बताए।

प्राधिकरणका अनुसार यसअघि वाइफाइ उपलब्ध रहेका स्थानहरूमा मर्मत, गुणस्तर सुधार र क्षमता वृद्धि गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको छ। ठूलोभर्‍याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पनि स्थापना र क्षमतावृद्धिको काम भइरहेको छ।

मन्त्री खरेलको पहलमा अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क र प्रभावकारी वाइफाइ सेवा सञ्चालन हुने भएको छ।

सेवाको दिगोपनाका लागि नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले सहकार्य गर्ने भएका छन्।

यसैबीच मन्त्री खरेलले आजै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा रहेका इन्टरनेट सेवाको अनुगमन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

Previous Post

दोलखाको यलुङ बेसक्याम्पमा हिमपहिरो : तीन विदेशी पर्यटकको मृत्यु, आठ जना बेपत्ता

Next Post

सरकारका नाममा सर्वोच्चद्धारा कारण देखाउ आदेश

RelatedPosts

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
सर्वोच्चमा आजदेखि नयाँ मुद्दा दर्ता सुरु

सरकारका नाममा सर्वोच्चद्धारा कारण देखाउ आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार