Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भरत प्रसाद चौलागाईं : अप्ठ्यारोमा सम्झिने नाम, विद्यार्थीका लागि न्यानो अभियान

दोभानचौर खबर by दोभानचौर खबर
December 15, 2025
in दाेभानचाैर आज
0
भरत प्रसाद चौलागाईं : अप्ठ्यारोमा सम्झिने नाम, विद्यार्थीका लागि न्यानो अभियान
58
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।

भरत प्रसाद चौलागाईं—यो नाम रामेछापका हरेक नागरिकले सुन्दै आएका छन्। चौलागाईं भन्नासाथ अप्ठ्यारोमा पर्दा सम्झिने व्यक्तिका रूपमा उनी परिचित छन्। अस्पतालको बिल तिर्न नसक्दा होस् वा विद्यार्थीले कलेजको शुल्क जुटाउन नसक्दा, धेरैका लागि उनी भरोसाको नाम बनेका छन्।

नेपाली कांग्रेस रामेछापका नेता तथा महाधिवेशन प्रतिनिधि रहेका चौलागाईं हालसम्म कुनै पनि जनप्रतिनिधि पदमा पुगेका छैनन्। तर, समाजसेवा र मानवीय सहयोगका कारण उनी जनप्रतिनिधिभन्दा कम छैनन्। सुनापती गाउँपालिका–१, रामेछापका स्थायी बासिन्दा चौलागाईं समाजका समस्यालाई नजिकबाट बुझ्ने व्यक्तिका रूपमा चिनिन्छन्।

चौलागाईंले पछिल्लो समय विद्यार्थी लक्षित ‘स्कुलमै पुगेर लगाउने कपडा वितरण’ अभियान सुरु गरेका छन्। यही अभियानअन्तर्गत पुष २९ गते मन्थली नगरपालिका भित्रका नर्मदेश्वर आधारभूत विद्यालय, जगदम्बा आधारभूत विद्यालय, मनकामना माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालय (मन्थली–११) गरी चार विद्यालयका करिब ५ सय विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ।

विद्यार्थीलाई गरिएको यो सहयोगले शिक्षामा सकारात्मक प्रभाव पर्ने जगदम्बा आधारभूत विद्यालयका शिक्षक गुणराज घिमिरेले बताए। “यसले विद्यार्थीलाई विद्यालय आउन थप हौसला मिलेको छ,” उनले भने।

मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम घिमिरेका अनुसार यस्तो सहयोग निकै महत्त्वपूर्ण छ। “जाडो मौसममा बच्चाहरूलाई न्यानो हुने मात्रै होइन, विद्यालय आउँदा लगाउने ड्रेसजत्तिकै उपयोगी भएको छ,” उनले बताए।

शारदा माध्यमिक विद्यालयकी शिक्षिका निर्मला पुलामीले भने यस्तो मानवीय सहयोगप्रति विद्यालय परिवार ऋणी रहेको उल्लेख गरिन्। “विद्यार्थीको आवश्यकतालाई बुझेर गरिएको सहयोग प्रेरणादायी छ,” उनले भनिन्।

मन्थली–८ का नेपाली कांग्रेस सभापति ओमप्रकाश पुरीले भने यस प्रकारको सहयोगमा कुनै राजनीति नगरिएको स्पष्ट पारे। “सके सहयोग गर्ने हो, नसके पनि हामी विद्यालयमा राजनीति गर्ने उद्देश्यले आएका होइनौँ,” उनले जिकिर गरे।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधिहरू युवराज भट्टराई, झपडराज भण्डारी, जितेन्द्र मोक्तान, जिल्ला कार्यसमिति उपसभापति नवराज थोकर, सचिव विनोद कार्की, नेता नारायण बोगटी र निर्माण माझीको सहभागिता रहेको थियो।

समाजसेवी भरत प्रसाद चौलागाईंले विद्यार्थीका समस्या नजिकबाट बुझेको उल्लेख गर्दै आगामी दिनमा पनि सकेको सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।

अप्ठ्यारोमा साथ दिने हात र जाडोमा न्यानो दिने मन—भरत प्रसाद चौलागाईं आज रामेछापमा केवल राजनीतिक नेतामात्र होइनन्, मानवीय सेवाको एउटा भरोसिलो नाम बनेका छन्।

Previous Post

समस्याको समाधानका लागि प्रतिनिधि सभा निर्वाचन नै उच्चतम उपाय : राष्ट्रपति पौडेल

Next Post

रबि लामिछाने धरौटीमा थुनामुक्त

RelatedPosts

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
Next Post
रबि लामिछाने धरौटीमा थुनामुक्त

रबि लामिछाने धरौटीमा थुनामुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार