Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

दोभानचौर खबर by दोभानचौर खबर
May 19, 2026
in राजनीति
0
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भनिन्, “काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ, सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन्, राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा नेटवर्क समस्याका कारण फोनमा कुरा गर्न पनि रुखमा चढ्नुपर्ने अवस्था छ, सुदूरपश्चिका पहाड विकासको तीव्र प्रतीक्षामा छन् ।”

सांसद प्रा डा चन्द्रमोहन यादवले भने, “धनुषा निर्वाचन क्षेत्र नं ४ स्थित मिथिला नगरपालिकाको वडा नं ७ मा डेडिकेटेट ट्रमा सेन्टरका लागि करिब चार बिघा जग्गा प्राप्ति भइसकेको छ, तर अहिलेसम कहाँ फाइल अड्किएको हो भन्ने थाहा पाउन सकिएको छैन, हाम्रो जस्तो देश, जहाँ शिक्षा र स्वास्थ्यमा बढी लगानी हुनुपर्छ, त्यसैले डेडिकेटेट ट्रमा सेन्टर निर्माणको काम अगाडि बढाउन माग गर्दछु ।”

सांसद जगतप्रसाद जोशीले सडक निर्माण, पुनर्निर्माण, स्वास्थ्यचौकी, खानेपानी ट्ङ्याकी निर्माणलगायत विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराए । उनले भने, “निर्वाचनमा वाचा गरेका छौँ, सडक ठिक समयमा बन्नेछन्, भ्रष्टाचार बन्द हुनेछ, औसत आयमा वृद्धि हुनेछ, शिक्षाको सूचकाङ्क वृद्धि हुनेछ, यी सबै उपलब्धि पूरा हुन सबै काम समयमा पूरा हुन जरुरी छ, त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच मिलेमतो हुन जरुरी छ ।”

सांसद जगदीश खरेलले ललितपुर जिल्लाका विभिन्न स्थानबाट मूर्तिकलाहरू चोरी भएको जनाउँदै कला र संस्कृतिको संरक्षणमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

त्यसैगरी, सांसद जगदीश खरेल (दोलखा), जनकराज गिरी, जनकसिंह धामी, झविलाल डुम्रे, ठाकुरसिंह थारू, तारा विश्वकर्मा, ताहीर अली भाट, तौफिक अहमत खान, दीपककुमार साह (सुनसरी), धनन्जय रेग्मी, धनेन्द्र कार्की, धर्मराज केसी, ध्रुवराज राई, नरेन्द्रकुमार केरुङ, नरेन्द्रकुमार गुप्ता, नितिमा भण्डारी (कार्की), निरासा चौधरी (डगौरा), निशा डाँगी, निश्कल राई, नीनुकुमारी कर्ण, पवित्रा विक, परशुराम तामाङ, पार्वती विक, पुकार बम, पुरुषोत्तम सुप्रभात यादव, पुष्पाकुमरी चौधरी, प्रकाश गौतम, प्रकाश पाठक, प्रदीप विष्ट, प्रभा ढकाल, प्रमिलाकुमार गच्छदार, प्रमिला कुलुजु, प्रशान्त उप्रेती, प्रेमबहादुर बयक, प्रेमलाल चौधरी, बदनकुमार भण्डारी र बब्लु गुप्तालगायतले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन मार्फत सरकारलाई अवगत गराए। रासस

Previous Post

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

Next Post

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार