काठमाडौं: सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो दिन देशभर सार्वजनिक बिदा रहने जनाएको हो ।
यसअघि २०८२ चैत १८ गते राजपत्रमा प्रकाशित सूचनामार्फत बकर ईदका अवसरमा बिदा दिने निर्णय गरिएको थियो । मुस्लिम आयोगले यस वर्ष जेठ १४ गते बकर ईद परेको जानकारी गराएपछि सोहीअनुसार बिदा कायम गरिएको मन्त्रालयले जनाएको छ ।







