Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

दोभानचौर खबर by दोभानचौर खबर
August 18, 2026
in शिक्षा र स्वास्थ्य खबर
0
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
35
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

सागर बोहरा, रामेछाप।
यौनकर्मीलाई मैले यसअघि कहिल्यै नजिकबाट देखेको थिइनँ । भेट्नु त परैको कुरा। समाजमा यौनकर्मीका बारेमा सुनिएका कुरा र बनाइएका धारणाकै आधारमा उनीहरूलाई बुझ्ने प्रयास गरेको थिएँ । तर सोमबार काठमाडौंको शिल्पी थिएटरमा पुगेपछि मेरो त्यो धारणा बदलियो।
केही समयदेखि नाटक हेर्न नपाएर छट्पटाइरहेको थिएँ । त्यसमाथि आफ्नै रामेछापकी साथी पवित्रा खड्काले निर्देशन गरेको नाटक ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ मञ्चन भइरहेको थाहा पाएपछि नाटक नहेरी बस्न सकिनँ। समय मिलाएँ र शिल्पी थिएटर पुगेँ।
नाटक सुरु भयो । पात्रहरू रंगमञ्चमा देखिन थाले। कथा अगाडि बढ्दै जाँदा म दर्शक मात्र रहिनँ, कथाभित्रै कताकता पस्न थालेँ । पात्रहरूको संवेदनशीलता, उनीहरूले भोगेको पीडा र समाजले उनीहरूप्रति बनाएको दृष्टिकोणले मलाई भावुक बनायो।
मलाई लाग्थ्यो ‘बेश्या’ भन्ने शब्द आफैंमा नकारात्मक हो। उनीहरू समाजका खराब मानिस हुन्, अरूलाई लुट्छन्, छल गर्छन् र गलत काम गर्छन् भन्ने एउटा सामान्य धारणा थियो। तर ‘मिस मेनुका’ हेरेपछि महसुस भयो यौनकर्मी पनि यही समाजका नागरिक हुन्। उनीहरूभित्र पनि भावना हुन्छ, पीडा हुन्छ, संवेदना हुन्छ र आफ्नै कथा हुन्छ।
नाटकको मेनुका पात्रले यही संवेदनशील पक्षलाई निकै बलियोसँग प्रस्तुत गर्छ।
अझ नाटक हेर्दै गर्दा मेरो मनमा एउटा प्रश्न उब्जियो – मेनुका जत्तिकै संवेदनशील यौनकर्मी अरू पनि हुन्छन् त? अब मलाई यौनकर्मीलाई भेटेर उनीहरूको जीवन, भोगाइ र सोच बुझ्न मन लागेको छ। यो कुनै कौतूहल मात्र होइन, नाटकले मेरो मनमा जन्माएको एउटा गम्भीर प्रश्न हो।
नाटकले यौनकर्मी कहाँ कस्ता मानिस पुग्छन् भन्ने समाजको अर्को पाटो पनि देखाउँछ। मेनुकाकहाँ सामान्य मानिस मात्र होइन, माननीयदेखि माननीयका छोरासम्म, ठूला घरानाका मानिसदेखि प्रहरीसम्म पुग्ने दृश्यले समाजको दोहोरो चरित्रलाई उजागर गर्छ।
हामी सार्वजनिक रूपमा नैतिकताको कुरा गर्छौं। यौनकर्मीलाई खराब दृष्टिले हेर्छौं। तर पर्दा पछाडि त्यही समाजका प्रभावशाली मानिसहरू उनीहरूकहाँ पुगिरहेका हुन्छन्। नाटकले यही चरितार्थलाई रंगमञ्चमा उभ्याएको छ।
राजनीतिको प्रसंग पनि नाटकमा कम रोचक छैन। सत्यलाई गलत र गलतलाई सत्य साबित गर्न सक्ने राजनीतिक शक्ति, ‘वैकल्पिक’को नाममा प्रस्तुत हुने यथार्थ र समाजका विभिन्न तहमा देखिने स्वार्थलाई नाटकले व्यंग्यात्मक तथा गम्भीर ढंगले प्रस्तुत गरेको छ।
त्यसैले ‘मिस मेनुका’ केवल यौनकर्मीको कथा होइन। यो समाजको कथा हो। हाम्रो सोचको कथा हो। हाम्रो दोहोरो चरित्रको कथा हो। हामीले सजिलै एउटा शब्दले मानिसलाई परिभाषित गरिदिने प्रवृत्तिमाथिको प्रश्न हो।
नाटक सकियो। बत्ती बल्यो। दर्शकहरू बाहिरिन थाले। तर मेरो मनमा भने मेनुका बाँकी रहिन्।
र एउटा प्रश्न पनि,
हामीले यौनकर्मीलाई कहिल्यै मानिसका रूपमा हेरेका छौँ?
सायद यही प्रश्न नाटकको सबैभन्दा ठूलो उपलब्धि हो।

‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’ फ्रान्सेली नाटककार झाँ पल सार्त्रको कृतिमा आधारित नेपाली रंगमञ्चीय प्रस्तुति हो। यसको नेपाली रूपान्तरण कल्पना घिमिरे नुरिसों, नाट्य रूपान्तरण घिमिरे युवराज र निर्देशन पवित्रा खड्काले गरेका छन्। यौनकर्मी मेनुकाको भूमिकामा सरिता गिरीको अभिनय रहेको छ।
रामेछापकी पवित्रा खड्काको निर्देशनमा मञ्चन भइरहेको यो नाटक हेर्नु मेरा लागि एउटा रंगमञ्चीय अनुभव मात्र रहेन, आफ्नै सोचलाई पुनः हेर्ने अवसर पनि बन्यो।

Previous Post

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

Next Post

पार्टीको विधान विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

पार्टीको विधान विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार