Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

दोभानचौर खबर by दोभानचौर खबर
August 23, 2026
in राजनीति, समाचार
0
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई सरकारले लालपुर्जा उपलब्ध गराउने भन्दै ढुक्क भएर बस्न आग्रह गरेकी छन्।

आइतबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भूमिहीन सुकुमवासीसँगको भेटघाटका क्रममा मन्त्री रावलले लालपुर्जा वितरणका लागि कानुनी प्रक्रिया अघि बढिसकेको बताइन्। उनका अनुसार कानुनमा आवश्यक सुधार भइसकेकाले जिल्ला भूमि समितिले प्रक्रिया अघि बढाएर सुकुमवासीलाई लालपुर्जा वितरण गर्न सक्ने अवस्था बनेको छ।

“तपाईंहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ,” मन्त्री रावलले भनिन्, “अब जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरूलाई लालपुर्जा दिन्छ।”

उनले देशभर रहेका भूमिहीन तथा सुकुमवासीको समस्या समाधान गर्न विद्यमान कानुनमा थप सुधार आवश्यक रहेको बताइन्। अहिलेको कानुनी व्यवस्थामा रहेका केही बाधा–अड्चनका कारण समस्या समाधानमा कठिनाइ भइरहेको भन्दै उनले आवश्यक संशोधनमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाइन्।

मन्त्री रावलले भूमिहीन सुकुमवासीको समस्या सरकारको प्राथमिकतामा रहेको बताउँदै उनीहरूलाई आफू बसिरहेको स्थानबाट हटाउने कुनै योजना नरहेको स्पष्ट पारिन्।

“तपाईंहरू बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन,” उनले भनिन्, “तपाईंहरू ढुक्क हुनुस्, सरकारले तपाईंहरूलाई लालपुर्जा दिन्छ।”

उनले सुकुमवासीलाई विभिन्न अफवाहको पछि नलाग्नसमेत आग्रह गरिन्।

मन्त्री रावलले आइतबार बिहानैदेखि कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन सुकुमवासीसँग अन्तरक्रिया गरेकी थिइन्। उनले दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका सुकुमवासीसँग भेट गर्दै सरकारले छिट्टै लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउने बताइन्।

यसै क्रममा मन्त्री रावलले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल तथा दोधारा–चाँदनी नगरपालिकामा निर्माणाधीन सुक्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरेकी छन्।

Previous Post

सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको

Next Post

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

RelatedPosts

सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको
राजनीति

सरकार भन्दा प्रतिपक्ष झन बलियो छ: रवि लामिछानेको

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

पार्टीको विधान विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसको चेतावनी

August 21, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
Next Post
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार