Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

दोभानचौर खबर by दोभानचौर खबर
August 26, 2026
in दाेभानचाैर आज, समाज
0
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले स्थानीय तहले आफ्ना समस्या आफैँ पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति रामेछापको वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा मन्थलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बोल्दै अध्यक्ष महतले स्थानीय सरकार नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने बताए।
उनले ठूला ठूला योजना निर्माण गर्नुभन्दा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवामा स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए। बाटो कालोपत्रे गर्ने ठूला योजना भन्दा बिरामी हुँदा नागरिकलाई सहज रूपमा अस्पताल पुर्‍याउन सक्ने सरकार नागरिकको चाहना हो, उनले भने।
स्थानीय तहको कामबाट राजनीतिक दल, पत्रकार, नागरिक समाज तथा आमनागरिक सबैलाई खुसी बनाउन नसकिएको भन्दै अध्यक्ष महतले यसको कारणबारे स्थानीय तहले आफैँ समीक्षा गर्नुपर्ने बताए। विडम्बना, स्थानीय तहसँग कोही खुशी छैनन्। किन यस्तो भयो भन्ने प्रश्न हामी आफैँले गर्नुपर्छ, उनले भने।
महतले नागरिकलाई उत्पादनमार्फत समृद्धि हासिल गर्न सकिन्छ भन्ने विश्वास दिलाउन नसकिएको र सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने वातावरण बनाउन नसकिएको बताए।
स्थानीय तहको आलोचना मात्र गर्नुभन्दा सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र व्यक्तिहरू मिलेर समाजको समुन्नतिका लागि काम गर्नुपर्ने उनको भनाइ छ।
अहिले आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य आधार स्थानीय सरकार हो। त्यसैले आरोप प्रत्यारोप मात्र होइन, स्थानीय तहले गरेका असल अभ्यासबारे पनि छलफल गर्नुपर्छ, अध्यक्ष महतले जोड दिए।
उनले स्थानीय तहले नागरिकका वास्तविक आवश्यकता पहिचान गरी योजना निर्माण र कार्यान्वयन गर्न सकेमा मात्रै सरकारप्रति नागरिकको विश्वास बढ्ने बताए।।

Previous Post

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

Next Post

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

RelatedPosts

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार