नेपाल विद्युत् प्राधिकरण सवस्टेशन प्रमुख घुससहित पक्राउ परेका छन् । काठमाडौँ ग्रीड महाशाखा सवस्टेशन पाटन ललितपुरमा कार्यरत सवस्टेशन प्रमुख सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट गएको टोलीले सवस्टेशन प्रमुख प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पहाडीलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गएिको हो । आरोपी पहाडी माथि थप अनुसन्धान भइरहेको छ ।