सुर्खेत । वीरेन्द्रनगरमा आज राती १२बजे देखी स्मार्ट लकडाउन लागु हुने भएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल द्वारा हस्ताक्षरीत एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
कोभिड १९ बढ्दो संक्रमण र यसको रोकथामका विषयमा गृह मन्त्रालयको निर्णय अनुसार संक्रामक रोग एन २०२० को दफा २ ले दिएको अधिकार र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सुर्खेत जिल्लामा आज राती १२ बजे देखी अर्को सुचना जारी नभए सम्म स्मार्ट लकडाउनको घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको सुचनामा २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।
अब कुनै आवश्यक कार्यक्रम संचालन गर्न प्रशासनको अनुमती लिनुपर्ने भएको छ । माघ १५ गते सम्म सम्पुर्ण शैक्षीक संस्थाहरुहरु बन्द गर्नुपर्ने, विद्यालय र शैक्षकि संस्थाको परिक्षा भने सुरक्षाका मापदण्डहरु पालना गरी गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
आदेशमा तोकिए अनुसार नियमको पालना नगरेको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।