काठमांडौ: महाकाली नदीले सतर्कता तह पारगरेकाे छ। महाकाली नदी पारीगाँउ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह ६.२३ मिटर पार गरेको हाे।
नदीको जलसतह बढ्दो क्रममा रहेकोले डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा पहिले देखि डुबान भइरहने होचा भूभागमा रहने नागरीकलाई सतर्क रहन आग्रह गरिएको छ।