काठमाडौं । काठमाडाैं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा शुक्रबार राती १२ बजेबाट लागु हुनेगरी सिडिओहरुको संयुक्त बैठकले सवारी साधनहरूमा जाेरिबजाेर लागू गर्ने निर्णय गरेको हो।
ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तका अनुसार काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको छ । उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा–छुट्टै आदेश जारी समेत गर्ने छन् ।
‘कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय गरेकाे सहायक सिडियाे पन्तले बताएका हुन् । याे आदेश शुक्रबार राति १२ बजेदेखि नै लागू हुने छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश–