Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी

दोभानचौर खबर by दोभानचौर खबर
January 21, 2022
in COVID-19, दाेभानचाैर आज
0
कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी गरेको छ । कोभिड–१९को तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी गरेको हो ।

कोभिड–१९को सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, सङ्क्रमण रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) को उपदफा (३) ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति १२ः०० बजेदेखि अर्को सूचना नभएसम्म लागु हुनेगरी १९ बुँदे आदेश जारी गरिएको छ ।

जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर क्लब, जिमखाना, रङ्गशाला, सङ्ग्रहालय, पुस्तकालय, कभर्डहल, जात्रा, फुटसल जात्रा, महोत्सवलगायतका मानिसको भीडभाड हुने कार्यक्रम नगर्ने उल्लेख गरिएको छ ।

त्यस्तै शैक्षिक संस्थामा भौतिकरूपमा तालिम केन्द्र, कोचिङ सेन्टर, कलेज, विद्यालय उपस्थिति पठनपाठन नगर्न र नगराउन आदेश दिइएको छ ।

मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बालगायतका धार्मिकस्थलमा भीडभाड हुने गरी सामूहिक पूजाआजा नगर्ने, सम्बन्धित पूजारीबाट जनस्वास्थ्यका मादण्ड पालना गरी नित्य पूजा, ध्यान वा प्रार्थना मात्र गर्ने गराउने, सबै सार्वजनिकस्थलमा भौतिक दूरी कायम तथा अनिवार्य मास्क लगाउने, सार्वजनिक सेवा लिन खोप कार्ड (मोबाइलमा फोटो भएपनि) हुने गरी अनिवार्य साथमा राख्नुपर्ने आदेश गरिएको प्रजिअ रिजालले बताउनुभयो ।

“जारी गरिएका सबै आदेश व्यक्ति, संस्था, समूह, क्लब तथा विभिन्न संगठनले पालना गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही र सजाय हुनेछ ।”

प्रजिअ रिजालले बार प्रणाली लागू गरेर प्रशासनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको बताउनु भयो ।

Previous Post

काठमाडाैं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू

Next Post

राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र

RelatedPosts

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
कला/साहित्य

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

May 4, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
आइएफसी र नेपाल उद्योग वाणिज्य  महासङ्घबीच सहकार्यमा जोड
अर्थ खबर

आइएफसी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

May 1, 2025
स्थानीय तहको वित्तीय सुशासनमा मन्थली पहिलो खाँडादेबि आठौं
दाेभानचाैर आज

स्थानीय तहको वित्तीय सुशासनमा मन्थली पहिलो खाँडादेबि आठौं

April 23, 2025
Next Post
राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र

राप्रपालाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार