काठमाडौं । नेपाल राष्ट्र बैंकले बढाइएकाे ब्याजदर सच्याउन बैंकहरूलाई निर्देशन दिएको छ । बैंकहरूले तीव्र प्रतिस्पर्धाका साथ निक्षेपको ब्याजदर बढाउन थालेपछि मंगलबार केन्द्रीय बैंकले ब्याजदर सच्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपका ब्याजदर व्यक्तिगतकाे भन्दा कम्तीमा १ प्रतिशत कम हुनुपर्ने बताएको छ । यस्तै, बैंकहरूले नयाँ ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनाकाे ब्याजदरमा १० प्रतिशतका दरले मात्रै घटबढ गर्न सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले विज्ञप्तिमार्फत बताएका छन् ।
“संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
