काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश नहुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले दलहरु बिच सहमती नजुटेका कारण तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय भएको हो ।
एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको थियो । सरकारले प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरेको थियो ।
नेकपा माओवादी केन्द्रको आज बिहान बसेको बैठकले संसोधन बिना एमसीसी पारितको पक्षमा मतदान नगर्ने बरु सरकारबाट बाहिरिने निर्णय गरेको थियो । गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ।