न आएकी त तिमी हौ
तिम्रा याद हरु सधै आउँछन्
न भेटिएकी त तिमी हौ
तिम्रा सुगन्धहरु अझै पनि
मेरो कमिजमा भेटिने गर्छन्
न पस्किएकी त
तिमीले
तिम्रो लाजहरुलाई हो
पस्किद पस्किँदै
पोखेका यादहरु
अझै ताजा छन्
तिमीले रोपेका
सूर्यमुखी फूलहरूले कोपिला हाल्दैछन्
तिम्रो नाउँले बोलाउने गरेका
ताराहरु अझै पनि
आकाशमा चम्किरहेका छन्
न चम्किएको तिम्रो अधर हो
नफुलेको तिम्रो मुस्कान हो
मेरा नजरहरु त अझै पनि
गुलावी तिम्रा ओठहरुमा काबू भएका छन्
ए प्रिय
न आएकी त तिमी हौ
तिम्रा याद हरु सधै आउँछन् ।