Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए

दोभानचौर खबर by दोभानचौर खबर
March 6, 2022
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिएका छन् । प्रहरीको नियन्त्रणमा लिएका कालिकोटका एक युवकको मृत्यु भएपछि मृतकका परिवारले प्रहरी चौकीका इन्चार्ज असईको विरूद्ध जाहेरी दिएका हुन् ।

मृतक कृष्णका बुवा हिराचन्द्रले सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ स्थित सुब्बाकुना प्रहरी चौकीका इञ्चार्ज सहायक प्रहरी निरीक्षक (असई) शेरसिंह धामी विरूद्ध जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले धामी विरूद्ध जाहेरी परेको पुष्टि गरेका हुन् ।

जाहेरीमा भे १ क ९२२ को मिनी ट्रकका सह–चालक तिलक शाही पूर्व चिनजानका मानिस समेत भएकाले निजका साथमा लागी नेपालगञ्ज तर्फ सामान लिनका लागी गएको भनिएको छ । नेपालगंजबाट ट्रकमा खुद्रा समान लोड गरी सुर्खेत तर्फ फर्कदा सुब्बाकुना चेक पोईन्टमा गाडी रोकी चौकीमा इन्ट्री गर्न गएको भनिएको छ ।

ईन्ट्रि गर्ने समयमा गाली गलौज गरीएको, गाडीका कागजात माग गरीएको र कागजपत्र नभएपछि गाडी चौकी भित्र हाल्न लगाइैको उल्लेख जाहेरीमा गरीएको छ । ड्राइभरले गाडी चेक पोईन्ट भित्र राखेपछि निज सहचालक तिलक शाहीलाई प्रहरीले कुटपिट गरेकोे छ ।

मृतक हमालले ड्राइभरलाई किन पिट्नु भएको भनेर प्रश्न गरेका थिए । सोधखोज गर्ने क्रममा निज असई शेरसिंह धामीले जबरजस्ती सडक विभाजनको गेट भित्र लगेका थिए । निल डाम र मरणासन्न हुने गरी कुटपिट गरेपछि चालक तिलक शाही र मृतक हमाल समेतको भिडियो बनाएका थिए ।

त्यस लगत्तै वीरेन्द्रनगर जादै गरेको अर्काे ट्रकमा असई शेरसिंहले नै मृतक हमाल र ड्राइभर शाहीलाई बाँगेसिमलसम्म पुर्‍याइदिनु भनी गेट बाहिर पठाएको थिए । हाल आरोपी असई धामी प्रहरीको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छन् ।

दर्ता गराइएको जाहेरीमा कुटाइबाट मृत्यु भएको र मृत्यु हुनु अघि हमालले आफ्नो संवेदनशील अङ्गमा समेत दुखाई भएको बताएका थिए भन्ने कुरा समेत जाहेरीमा उल्लेख गरीएको छ । चोटका कारण वीरेन्द्रनगरको चाइना पुलमा उनलाई गाडीभित्रै सुताइ थप सामान ट्रकमा लोड गरिएको भनिएको छ ।

सामान लोड गरेर गाडीमा पुग्दा हमाल बेहोस अवस्थामा देखेपछि उनलाई हतारमा सुर्खेत अस्पतालमा भर्ना गर्न पुर्‍याउदा अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो ।

घटनाको छानविनका लागि शनिबार सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति पनि बनेको छ । हाल हमालको शव पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।

समितिमा डिएसपी घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा, उच्च अदालत बार एशोसिएशन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा र कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर चन्द्रेश सिंह सदस्य छन् । डा. सिंहलाई भने आफन्तको आग्रहमा समितिमा राखिएको हो ।

यस अघि समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । आफन्तको आग्रहपछि उक्त समय बढाएर ७ दिन पुर्‍याइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

हमालको मृत्यु भएपछि शनिबार पीडित पक्षले वीरेन्द्रनगरमा आन्दालेन समेत गरेका थिए । आइतबार पनि आन्दोलन गर्ने तयारी गरेका आफन्तसँग जिल्ला प्रशासनले छलफल गरी सहमति गरेपछि स्थगित भएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको दायरमा ल्याउने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ।

Previous Post

पल शाहलाइ थप १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमती

Next Post

अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने

RelatedPosts

मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
Next Post
अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने

अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार