Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

दोभानचौर खबर by दोभानचौर खबर
January 11, 2023
in रंगमञ्च
0
१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको चर्चित रियालिटी शो र दुनियाकै सबैभन्दा ठुलो डान्स प्रतियोगिता “वर्ल्ड अफ डान्स” ले पहिलो पटक नेपालीहरुको लागि अडिसन गर्ने भएको छ । देशभरीबाट अडिसनमा सेलेक्सन हुने टिमहरुले ३ शिर्ष स्थानका लागि काठमाण्डौमा (च्याम्पियनशिप नेपाल) प्रथिस्पर्धा गर्न पाउने छन् र वर्ल्ड फ़ाइनलका लागि अमेरिकामा प्रतिस्पर्धा गर्नेछन।

यस कार्यक्रमको फर्म्याट पनि अरु प्रतियोगिताको भन्दा भिन्न प्रकारको छ र विभिन्न क्याटेगोरिका डान्सरले प्रतिस्पर्धा गर्न पाउनेछन। वर्ल्ड अफ डान्स नेपालमा “जुनियर टिम डिभिजन”, “टिम डिभिजन” र “शोकेस” भनेर क्याटेगोरि छुट्याइएको छ । तर वर्ल्ड फ़ाइनलका लागि “जुनियर टिम डिभिजन” र “टिम डिभिजन” का ३ शिर्ष टिम (ग्रुप डान्सर्स) ले मात्र भाग लिन पाउनेछन। “सोलो”, “डुएट” र अन्य प्रतिस्पर्धाका सहभागीले प्रदर्शनीको लागि मात्र भाग लिन पाउने छन्।

विभिन्न क्याटेगोरिमा भाग लिने टिमका लागि निम्न प्रकारका नियमहरु लागु हुनेछ।

१) “जुनियर टिम डिभिजन” क्याटेगोरिका नियमहरू

-यस ग्रुपमा कम्तिमा ५ जना वा सो भन्दा बढी रजिस्टर्ड डान्सर्स हुनुपर्ने छ
-यस ग्रुपका सबै सदस्यहरु १८ वर्षा वा सो भन्दा कम हुनुपर्ने छ
-ग्रुपले गर्ने प्रदर्शनीमा संगीत तथा नृत्य ६ मिनेट भन्दा बढी हुन पाउने छैन

२) “टिम डिभिजन” क्याटेगोरिका नियमहरू

-यस ग्रुपमा कम्तिमा ५ जना वा सो भन्दा बढी रजिस्टर्ड डान्सर्स हुनुपर्ने छ
-यस ग्रुपमा सबै उमेर समुहका सदस्य, कलेज विद्यार्थी र प्रोफेसनल डान्सर्स पनि भाग लिन पाउने छन्गु
-ग्रुपले गर्ने प्रदर्शनीमा संगीत तथा नृत्य ६ मिनेट भन्दा बढी हुन पाउने छैन

३) “शोकेस” का क्याटेगोरि र नियमहरु
क) जुनियर टिम शोकेस
– यस ग्रुपमा कम्तिमा ५ जना वा सो भन्दा बढी रजिस्टर्ड डान्सर्स हुनुपर्ने छ
– यस ग्रुपका सबै सदस्यहरु १८ वर्षा वा सो भन्दा कम हुनुपर्ने छ

ख) टिम शोकेस
– यस ग्रुपमा कम्तिमा ५ जना वा सो भन्दा बढी रजिस्टर्ड डान्सर्स हुनुपर्ने छ
– यस ग्रुपमा सबै उमेर समुहका सदस्य, कलेज विद्यार्थी र प्रोफेसनल डान्सर्स पनि भाग लिन पाउने छन्

ग) जुनियर शोकेस
– यस ग्रुपमा कम्तिमा ४ वा सो भन्दा कम सदस्यहरू हुनुपर्ने छ
– यो शोकेस १८ वा सो भन्दा कम उमेरका सोलो, डुएट, ३ र ४ जनाको सम्मको टिमको डान्सर्सको लागि तयार गरिएको हो

घ) अपर शोकेस
– यस ग्रुपमा कम्तिमा ४ वा सो भन्दा कम सदस्यहरू हुनुपर्ने छ
– यो शोकेस १८ वा सो भन्दा बढी उमेरका सोलो, डुएट, ३ र ४ जनाको सम्मको टिमको डान्सर्सको लागि तयार गरिएको हो

शोकसमा प्रदर्शनी गर्नेहरुकोलागी भने संगीत र नृत्य प्रदर्शनीको समयको सिमा तोकिएको छैन। शोकसका प्रतियोगीले वर्ल्ड फ़ाइनलमा भाग लिन पाउने छैनन्।

वर्ल्ड अफ डान्सले पहिलो चरणमा विश्वभरिका अधिकांश देशहरुमा क्षेत्रीय रुपमा प्रतिस्पर्धा गराउने गरेको छ र क्षेत्रीय प्रतियोगितामा जित हाशिल गर्ने तिन वटा जुनियर टिम डिभिजन र तिन वटै टिम डिभिजन ग्रुप आगामी अगस्टमा अमेरिकाको क्यालिफर्नियामा आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वभरिका क्षेत्रीय विजेताहरुसंग वर्ल्ड फ़ाइनलका लागि भिड्ने छ। वर्ल्ड फाइनल जित्ने डान्स ग्रुपले १ मिलियन डलरको भारि इनाम पनि पाउने छन्।

वर्ल्ड अफ डान्सले “वर्ल्ड अफ डान्स नेपाल” प्रतियोगिता गराउन पहिलो पटक आफ्नो फ़्राञ्चाइसको लाइसेन्स नेपालको लागि दिएको हो।

नेपालका लागि मिस्टर दारी रियालिटी शो का संस्थापक बिजय कार्कीले वर्ल्ड अफ डान्सको फ़्राञ्चाइस नेपाल भित्र्याएका हुन्। कार्की भन्छन “नेपाली डान्सरहरुलाई यो भन्दा ठुलो अवसर सायद कहिले पनि आएको थिएन। यो शो डान्सको संसारकै सबैभन्दा पपुलर शो हो र आफुले जानेको नृत्यको प्रस्तुति मार्फत आफ्नो देशको परतिनिधित्व गरेर हाम्रो संस्कृति विश्व माझ चिनाउने सुनौलो मौका पनि हो। हाम्रो देशको ७७ जिल्ला घुम्ने हो भने हजारौ किसिमका नाच भेट्न सक्छौ। म सारा नेपाली डान्सरहरुलाई आफ्नो संस्कृति दुनियाभर झल्काउने सुनौलो मौकाको सदुपयोग गर्न अनुरोध गर्छु। बर्षौ देखि नेपालमा प्ल्याट्फ़र्मको कमि भएको अनुभूति सबैलाई थाहानै छ र यसपल्ट हामीले अन्तरास्ट्रिय प्ल्याट्फ़र्मनै ल्याएका छौ। समय छोटो भएकाले र देशै भरिबाट ट्यालेण्ट हन्ट गर्नु पर्ने भएकाले हामीले उपस्थित भएर अडिसन दिन नसक्नेलाई टेक्नोलोजीको सदुपयोग गर्दै डिजिटल अडिसनको पनि व्यवस्था गर्ने छौ “

वर्ल्ड अफ डान्स नेपालले ठनडर स्टुडियोज संग समन्वय गरेर प्रतियोगिता को आयोजना गर्ने निश्चित भएको छ। जुनियर टिम र टिम डिभिजनको च्याम्पियनशिप विजेता छान्न इभेन्टले महालक्ष्मीस्थान, इम्मडोलको ग्रीन मंकी फिल्म स्टुडियो संग समन्वय गर्ने भएको छ र गते मिति यहि चैत्र ३ र ४ तोकिसकेको छ ।च्याम्पियनशिपको मार्केटिङ्ग को लागी डिजिटल वालेट माइ पे ले प्रायोजन गरेको छ। ६ वटा डान्स ग्रुप विजेता छान्न वोर्ल्ड अफ डान्सकै नियम अनुसार ओलम्पिक फर्म्याटमा जजिंग गरिने छ जो वर्ल्ड फ़ाइनलका लागी आगामी अगस्ट ११ देखि १४, २०२३ मा “द एनाहीम कन्भेन्सन सेन्टर” क्यालिफर्नियामा सहभागी हुनेछन।

वर्ल्ड अफ डान्सको (च्याम्पियनशिप नेपाल) को लागि चुनिन हुने डिजिटल अडिसन भने पौष २३ गते बाटनै सुरु हुने छ र डेड महिना लामो अवधि चलिरहने छ र अडिसनको सहजताका लागी फारम देखि पेमेन्ट सबै सत प्रतिसत अनलाइन र डिजिटल प्रबिधि बाट हुनेछ। अडिसनको लागि भाग लिनेहरुलाई शुल्क लाग्ने छैन तर सेलेक्सन भएर च्याम्पियनशिपमा भने स्टेज सुल्क लिने भएको छ।

(डब्लु ओ डि) ले डब्लु ओ डि नेपाललाइ (च्याम्पियनशिप नेपाल) को लागी प्रति व्यक्त्ति २० देखि ५० डलर शुल्क लिन अनुमति दिएको छ। डब्लु ओ डि नेपालले च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न जुनियर टिम डिभिजनलाई रु २,०००/- र टिम डिभिजनलाई र अपर शोकसलाइ रु ३,०००/- प्रति व्यक्ति स्टेज शुल्क लाग्ने जनाएको छ। कार्यक्रममा भाग लिने टिमले र शोकसले यो लिंकमा रेजिस्ट्रसन गर्न सक्नेछ।

इभेन्टले सहभागी हुन सबै प्रक्रियामा मदत गरेता पनि च्याम्पियन सिरिजमा भाग लिन जाने प्रतियोगीले आफ्नो भिजा, प्लेन टिकट, लजिंग र फ़ुडिङ्ग खर्छको आफै व्यवस्था गर्नुपर्ने छ। तर आयोजक बिजय कार्कीले डान्सर्स्को आर्थिक सहजताको लागि स्पन्सरहरु तयार पार्न लागि परेको जनाएका छन्।

Previous Post

रिजर्ब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षीक साधारण सभा सम्पन्न

Next Post

कास्कूनको अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै

RelatedPosts

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक
रंगमञ्च

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

January 1, 2025
लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक
रंगमञ्च

लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक

April 13, 2024
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
रंगमञ्च

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

March 22, 2024
बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै
रंगमञ्च

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

January 20, 2024
गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै
रंगमञ्च

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

December 31, 2023
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने
रंगमञ्च

पल शाह विरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाका बुवाले समेत बयान फेरे

April 19, 2022
Next Post
कास्कूनको अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै

कास्कूनको अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार