रामेछाप – रामेछाप जिल्ला अदालतले जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्धामा मन्थली १ का पवन कठायतलाई सफाई दिने फैसला सुनाए पछि बिनु यादव र उनका समर्थकहरुले सोमबार सा“झ अदालत परिसरमा प्रदर्शन तथा तोडफोड गरेका छन् ।
जिल्ला न्यायाधीश ईन्दिरा शर्माको ईजलासले जवरजस्ती करणी उद्योग गरेको आरोपमा परेको उजुरीको फैसला गर्दै आरोप प्रमाणीत नहुने ठहर गरेको थियो । सांझ भएको उक्त फैसला पछि अदालत परिसरमा रहेका यादव र उनका सहयोगीले न्यायाधीश शर्मा र फैसला प्रति आपत्ति जनाउदै अदालत अघी राखेका केहि गमला फुटाउनुका साथै मुलढोका नजिक राखिएका पानीको घडा ढालेका थिए । प्रदर्शनकारीलाई महिला प्रहरीले थप तोडफोड गर्न रोकेका थिए ।
परिसरमा विनु यादव र उनका सहयोगीले न्याय सम्पादन प्रति प्रश्न उठाउदै अदालतमा आगो लगाउने र गोली नहाने सम्म बाहिर नजाने भन्दै केहि वेर प्रदर्शन गरेका थिए । आक्रोशितले रुदै मनलागि गालिगलौज गर्दा अलालतको ढोका लगाइएको थियो भने परिसरमा बाक्लो सख्यामा प्रहरी परिचालन गरीएको थियो ।
केहि बेर प्रदशनको क्रममा विनु यादवले पटक पटक आफुले अन्याय भोग्नु परेको भन्दै आफुले जहिल्यै पिडामा वस्नु परेको कुरा वताएकी थिईन । अदालत परिसरमा केहि बेरको प्रदर्शन पछि यादवलाइ उनका कानुन व्यवसायीले सम्झाउदै बाहिर लगेका थिए । यादव वाहिरीदा समेत उनका समर्थकले अदालत परिसरमा मुख छोड्दै थिए ।
यादवले आफ्नै काका ससुरा पवन कठायतले गत बैशाख ७ गते आफ्नै घरमा जवरजस्ती करणी गर्ने उद्योग गरेको आरोपमा उनी विरुद्ध मुद्धा दायर गरेकी थिईन । उक्त मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला न्यायाधीश शर्माको ईजलासले कठायतलाई पुर्पक्षकालागि भदौ अन्तिम साता थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश विरुद्ध कठायतले उच्च अदालत पाटनमा पुनारावेदन गरेका थिए । उच्च अलालतले उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।
यसअघी यादवले उनका पति प्रदीप कठायतले दिएको सम्बन्ध विच्छेदको मुद्धामा रामेछाप जिल्ला अलालतका तत्कालिन जिल्ला न्यायाधीशले बद्री प्रसाद ओलीले सम्बन्ध विच्छेद गराएदिए पछि यादवले जिल्ला अदालतमै विष सेवन गरेकी थिईन । यादवले न्याय नपाएको भन्दै केहि अघी सर्वोच्च अदालत परिसरमा रातो रङ्ग समेत फालेर प्रदर्शन गरेकी थिईन ।
यसैविच यादवले जवरजस्ती करणी उद्योग गरेको आरोप लगाउदै आएकी उनका काका ससुरा पवन कठायतले भने अदालतको फैसलाले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।