Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

माहानगरको निर्णय हात्तिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू एकै हो ।

दोभानचौर खबर by दोभानचौर खबर
June 11, 2023
in दाेभानचाैर आज, प्रदेश
0
माहानगरको निर्णय हात्तिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू एकै हो ।
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

माहानगरको निर्णय हात्तिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू यकै हो ।

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारी साधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन समेत बसपार्क नै पुग्नु पर्ने,विभिन्न ठाउमा रहेका टिकट बुकिङ काउण्टरहरु बसपार्क भित्रै लैजानु पर्ने एवम बसपार्क बाहेक अन्यन्त्र टिकट काट्न नपाइने लगायतका विषयहरु समेटेर काठमाडौं महानगरपालिकाले अत्यन्त अव्यवहारिक निर्णय गरेको छ ।

२०८० वैशाख २९ गते काठमाडौंका मेयर बालेन्द्र शाहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयहरु असार १ गतेदेखि अनिवार्यरुपमा कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ ।

उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने जनाउदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरुले महानगरलाई अनुरोध गर्नुका साथै आन्दोलनको चेतावनी समेत दियका छन ।

महानगरका मेयर बालेन्द्र साहले निर्णय सच्याउँछन् या सच्याउँदैनन् त्यो महानगरको विषय हो । तर निर्णय कार्यान्यन गर्न भने त्यति सजिलो छैन । यदि आफ्नो अडानबाट महानगर तलमाथि नहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र शाहको लोकप्रियता ओरालो लाग्ने कार्यको शुरुवात यही निर्णयले तय गरिदिने अनुमान आम ब्यबसायी मजदुर र उपभोक्ताको छ।

निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा छ। स्वयम महानगर र बसपार्क सञ्चालन गरिरहेको लोत्सेको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत हुनुपर्ने हो । यदी अवगत थिएन भने पनि सरोकारवालाहरुले भेटेर अवगत गराइसकेपछि जानकारी नहुने कुरै भएन । अझ यी समस्याका कुरा सदनमा पनि माननिय हरुबाट राख्न सुरु भइसक्दा र आम नागरिकले बिरोधगर्दा पनि महानगर आफ्नो निर्णय सच्याउन किन तयार छैन र विवादित निर्णय कार्यान्वयनमा महानगर किन अडिग छ । व्यवस्थापनको आवरणमा लोत्सेले संकलन गर्ने पार्किङशूल्क र काउण्टर भाडाको आयसँग जोडिएको अनुमान सबैले गरेका छन् । एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भिर निर्णय कसरी गर्यो ? तर, निर्णय कार्यान्वयनमा लोत्सेलाई पनि सहज भने छैन । बसपार्कको क्षमता वृद्धि र थप संरचनागत परिवर्तन बिना यही अवस्थामा यो बसपार्क व्यवस्थित हुनै सक्दैन ।सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौं छाड्ने यात्रुहरुको संख्या करिव ६०/६५ हजार हुन आउँछ र भित्रिनेको संख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णय अनुसार ति यात्रुहरु उपत्यकाका जुनसुकै स्थानको भएपनि टिकट काट्न बसपार्क पुग्नु पर्नेहुन्छ । सवारीसाधन चढ्न बसपार्क तथा ओर्लिन बसपार्क नै पुग्नु पर्नेहुन्छ । यत्रो संख्याका यात्रीलाई गंगबु बस पार्कले मात्र सहज हुन्छ भन्ने महानगरको तर्क झोलामा हात्ति अटाउछु भन्नु जस्तै हो मेयर साब अथबा मेयरका यातायात सल्लाकार जगतमानश्रेष्ठ तथा अरु को को हुन उहाँहरुले नै जान्नु पर्ने हो कि एउटा कम्पनिको कमिसन को प्रलोभनमा यो निर्णय गरेको हो भने पछि पछुताउनु पर्ने निश्चित छ ।

अत: कोटेश्वरबासी नागरिक बीपी राजमार्गहुँदै पूर्व जानु पर्यो भने टिकट काट्न बसपार्क पुग्नु पर्यो, बस चढ्न बसपार्क नै पुग्नु पर्ने र फर्किदा बसपार्कमै ओर्लिएर कोटेश्वर फर्किनु पर्ने ।यो समस्या कलंकीका यात्रुको पनि उस्तै हो । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको बर्बादी र आर्थिक भार पनि थप्पिने छ ।बसपार्क बाहेक अन्यन्त्र टिकट काट्न नपाइने, कोटेश्वर, कलंकी, गौशाला, चावहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउण्टर बसपार्क भित्रै लैजानु पर्ने निर्णय अव्यवहारिक छ । यो निर्णयले हवाइ जहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइदैन भन्ने सन्देश दिएको छ के यस्तो सम्भव छ? यसको असर सबै भन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रा.लि. द्धारा चक्रपथ आसपासमा रहेका चार सय टिकट काउण्टर र त्यहाँ काम गर्ने करिव तिन हजार ५ सय श्रमिकहरुको रोजीरोटी खोसिन्छ ।साथसाथै यी श्रमिकसङ जोडिएका हजारौको पनि आश्रय खोसिएर बिच्चली हुने पक्का छ। अत: काउण्टरलाई हटाउने होइन कि यस्को सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ ।

कानुन अनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउण्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउण्टर, एक काउण्टर एक टिकट नीति बनाउँने, , श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोशाक लगाएर मात्रै काउण्टरमा काम गर्ने, काउण्टरमा आफ्ना बस पुग्ने गन्तब्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूचि राख्ने, संख्या किटान गरेर काउण्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई सहजिकरण गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने, यात्रुहरुको गुनासा तथा सुझावका लागि काउण्टरमा सुझाव पेटिका भने राख्नु पर्ने देखिन्छ ।। सुधार गर्न आम यातायात व्यावसायि तयार छन तर अब्यबहारिक निर्णयले सबैलाइ सास्ति दिनेछ यो गलत निर्णय सच्याउन अनुरोध छ।।

  पुर्ब अरनिको  टिकट बुकिङ कर्मचारी  (चाबहिल बुकिङ मज्दुर इकाई संघको बरिस्ठ सल्लाकार ) 
   बेद प्रसाद घिमिरे
Previous Post

श्रीनाथकोट गोरखा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा ढकाल र सचिवमा गुरुङ चयन

Next Post

बालेनजीले हामीलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो, सलाम गर्छु उहाँलाईः सांसद गिरी

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
बालेनजीले हामीलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो, सलाम गर्छु उहाँलाईः सांसद गिरी

बालेनजीले हामीलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो, सलाम गर्छु उहाँलाईः सांसद गिरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार