Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अख्तियार सशक्त र प्रभावकारी नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको सांसदहरुको गुनासो

दोभानचौर खबर by दोभानचौर खबर
June 18, 2023
in समाचार
0
अख्तियार सशक्त र प्रभावकारी नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको सांसदहरुको गुनासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा उनले  भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणको दुरदृष्टि तय गरी आयोगले काम गरिरहेको बताएका हुन् ।

प्रमुख राईले राष्ट्रिय विकास र सार्वजनिक सेवामा जनताको सरल र सहज पहुँच स्थापित गरी भ्रष्टाचार न्यूनीकरणको लक्ष्य तथा संस्थागत सुदृढीकरण, निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक विधिमार्फत उद्देश्य प्राप्त गर्ने प्रयास भइरहेको बताए ।

विकास निर्माण तथा आयोजना व्यवस्थापनमा आयोग बाधक नभइ विकास निर्माणको गुणस्तर कायम गर्न सहयोग पुर्याउन क्रियाशील रहेको बताउँदै उनले राष्ट्रिय गौरवकालगायतका अन्य आयोजना समयमै गुणस्तरीयरुपमा पूरा गर्न सहयोगी हुने गरी अनुसन्धान गरिने प्रतिबद्धता जनाए ।

सार्वजनिक जग्गा अतिक्रमण, सरकारी बजेट हिनामिना र राजस्व असुलीमा भ्रष्टाचार गर्ने तथा घुस लिने लगायतका प्रवृत्ति नियन्त्रण गर्न आयोग कटिबद्ध रहेको उनको भनाइ छ ।

प्रमुख आयुक्त राईले कसैप्रति पूर्वाग्रह नराखी सवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न केन्द्रित रहेको बताए । उपचारत्मक रणनीति अन्तर्गत उजुरी दर्ता, छानबिन, अनुसन्धान, तहकिकात र अभियोजन तथा  कानुन निर्माण, सशोधनका लागि सुझाव दिँदै आयोगले सम्वद्ध पक्षलाई जिम्मेवार बनाउने निरोधात्मक रणनीतिलाई आत्मसात गरिरहेको छ ।

प्रवद्र्धनात्मक रणनीति  अन्तर्गत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धनका लागि निकायगत सहकार्य, समन्वयन, छलफल, अन्तरक्रिया र प्रचारप्रसार तथा संस्थागत सुशासन कायम र आयोगको क्षमता वृद्धिका लागि रणनीति अघि बढाएको सो अवसरमा जानकारी दिइयो ।

आयोगले विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा अघिल्लो वर्ष नेपाल  ३४ अङ्कका साथ ११०आँै स्थानमा रहेको तथा  नियमक तथा अनुगमनकारी निकायको प्रभावकारी अभिवृद्धि गर्नु र जिम्मेवारी पन्छाउने र उत्तरदायित्व वहन नगर्ने प्रवृत्तिमा सुधारको खाँचो औँल्याएको छ ।

प्रमुख आयुक्त राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेर हुने गरेको तथा विगतको जस्तो नभइ चाँैथो विचौलीयासम्म पुग्ने गरेको बताए । सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै सरकारबाट उपभोक्ता समितिमार्फत काम गराउने  सकारात्मक सोच भएपछि उपभोक्ता समिति नै बिचौलीयाका रुपमा रहेकाले औचित्यमाथि गम्भीर प्रश्न खडा गरेको आयोगको भनाइ छ ।

आयोगले भनेको छ, “उपभोक्ता समितिको कामप्रति सन्तोष हुने अवस्था छैन,  भ्रष्टाचार धेरै बढेको छ, विकृति र छाडातन्त्रले प्रश्रय पाएकोछ, अनुशासनहितको पराकाष्ट छ ।”
सो अवसरमा परामर्श सेवाका नाममा तीन तहकै सरकारबाट ठूलो रकम भ्रष्टाचार भएको तथा अनावश्यक रुपमा धेरै वडाले भिलेज प्रोफाइलका नाममा धेरै पैसा खर्च गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

यसअघि बैठकमा सभापति दिलकुमारी थापा र सदस्यहरुले आयोग सशक्त र प्रभावकारी नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको तथा सुशासन प्रवद्र्धनका लागि आयोगबाट भए गरेका काम कारबाहीबारे जानकारी माग गरेका थिए ।

Previous Post

‘सुरक्षाकर्मीलाई जागिर खानका लागि मात्रै सिमानामा खटाइएको हो ?’

Next Post

सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

RelatedPosts

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या
प्रदेश १

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

July 6, 2025
Next Post
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार