Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिचुवान एयरले उडान गरेसँगै पोखरामा व्यावसायिक उडानको ढोका खुल्योः पर्यटनमन्त्री किराती

दोभानचौर खबर by दोभानचौर खबर
June 26, 2023
in समाचार
0
सिचुवान एयरले उडान गरेसँगै पोखरामा व्यावसायिक उडानको ढोका खुल्योः पर्यटनमन्त्री किराती
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयसम्बन्धी शीर्षकमा अधिकतम कार्यक्रम समेटिए पनि कतिपय कार्यक्रम छुटेकामा आफू दुःखी रहेको बताए ।

“बजेटसँगै खुसी पनि बाँडियो भन्ने लागेको थियो । तर, बजेटसँगसँगै दुःख पनि बाँडिएछ”, उनले भने, “बजेट परेका योजनामा कम बजेट भएको छ भने बजेट नै नपरेका योजनामा त खुसी हुने कुरै भएन । अझ रिसाउनुभएको छ ।”

मन्त्री किरातीले आफूसँग आएका हजारौँ मागमध्ये छानेर सम्बन्धित मन्त्रालयमा पठाएको बताए । “बजेटको सीमाले कतिपय कार्यक्रम छुटेका छन् । स्वाभाविकरुपमा बजेट असन्तुलन हुन गएको छ, त्यसका निम्ति म यो सदनमा क्षमाप्रार्थी छु”, उनले भने ।

पर्यटनमन्त्री किरातीले नेपालमा विकासको ढाँचा सच्याएर सङ्घीयताको मर्म र भावनाअनुसार योजनाको वर्गीकरण र प्राथमिकीकरण गरिनुपर्ने उल्लेख गरे ।

उनले नेपालको संस्कृति र प्रकृतिको संयोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको आजको पर्यटन विकास हुन जरुरी रहेको बताए । संसारले फोटोकपी गर्न नसक्ने, सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलगायत सम्पदाको संरक्षण विकासमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

पर्यटनमन्त्रीले भने, “आर्थिक वर्ष २०८०/८१ का लागि मन्त्रालयमा बजेटको सीमा करिब ४५ प्रतिशतले घटेर आएको छ । यति हुँदा पनि सकेसम्म देशैभरि सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रम समेटिएका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासलाई ध्यान दिएर बजेट विनियोजन गरिएको छ ।”

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी सञ्चालन गरिने

मन्त्री किरातीले राष्ट्रिय गौरव अन्तर्गतका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल भइरहेको दाबी गरे । गौतमबुद्ध विमानस्थलमा नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान सुरु गरिसकेको, जजिरा एयरले उडान गरिरहेकामा प्राविधिक कारण हालै उडान स्थगित गरेको उनको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालैमात्र चीनको सिचुवानले एयरलाइन्सले छेन्दुबाट पोखरा चार्टर्ड उडान गरेको र यसले आगामी दिनमा व्यावसायिक उडानको ढोका खुलेको पर्यटनमन्त्रीको भनाइ थियो । नयाँ हवाई रुटका सम्बन्धमा नेपाल र भारतका प्राविधिक टोलीले छलफल गरिसकेको भन्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणका दौरानमा पनि त्यस विषयमा छलफल भएको बताए ।

निजगढ विमानस्थल निर्माणअघि बढाइने

पर्यटनमन्त्री किरातीले आर्थिक वर्ष २०८०/८१ भित्र बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने बताए । उनले उपयुक्त ढाँचा तयार गरेर विमानस्थल निर्माण  थालिने विश्वास व्यक्त बताए ।

“निजगढ विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हो, भविष्यमा यसको झनै आवश्यकता देखिन्छ । विमानस्थल क्षेत्रभित्र सबै बस्ती स्थान्तरणलगायत ‘साइट क्लियरेन्स’ गरी आगामी आर्थिक वर्षभित्र विमानस्थल निर्माण सुरु हुने अपेक्षा राखेको छु”, पर्यटनमन्त्री किरातीले भने ।

उनले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना स्वीकृत भई भौतिक संरचना निर्माण भइरहेको र लुम्बिनी विकासका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको जानकारी दिए । पर्वतारोहण, पदयात्रा, साहसिक पर्यटन विकास, पदमार्ग निर्माण पर्यटकीयस्थलको पूर्वाधार विकासलगायत गन्तव्य प्रवद्र्धनमा निजी क्षेत्रको साझेदारी बढाएर काम गरिने उनको भनाइ छ ।

भूकम्पबाट क्षतिग्रस्त संरचना आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बताए । पर्यटनमन्त्री किरातीले दुर्गम क्षेत्रका विमानस्थलमा नियमित उडान सञ्चालनको वातावरण सिर्जना गर्ने, क्षेत्रीय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चालन गर्ने योजना समेत रहेको सुनाए ।

उनले राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्न लागेको र प्रचलित कानुनअनुसार पारदर्शी ढङ्गले जहाज खरिद प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे ।

आगामी आर्थिक वर्ष विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नति गरिने उनले जानकारी दिए  । उनले अहिले पनि विमानस्थलको माग बढिरहेको भए पनि सङ्ख्या बढाउनेभन्दा पनि सेवा गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको स्पष्ट पारे ।

पर्यटनमन्त्री किरातीले मुलुकको हवाई सुरक्षालाई सुदृढ, विश्वसनीय र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवा प्रदायक निकाय बनाउने बजेटमा कार्यक्रम समेटिएको र यससम्बन्धी मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकिएको जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गतको गोठाटारको जग्गा अतिक्रमण रोक्न, जग्गाको हालसाबी गरेर थप जग्गा खोजी गर्न लागिएको, नीति, नियमसङ्गतरुपमा हेलिप्याड निर्माणका लागि निजी कम्पनीलाई अनुमति दिइएको उनले बताए ।

वायुसेवा निगमको ४८ अर्ब ऋण

पर्यटनमन्त्रीका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) माथि हाल ४८ अर्ब ऋणभार छ । यो तत्कालीन समयमा निगमले दुई थान वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दा लिएको ऋण हो । उक्त ऋणको ब्याज अत्यधिक भएकाले ब्याज पुनःसंरचना गर्न जरुरी रहेको मन्त्री किरातीले सदनलाई जानकारी गराए । चिनियाँ जहाज भाडामा लिन अहिलेसम्म कुनै आवेदन नपरेको र हाल जहाजको मूल्याङ्कन भइरहेको उनको भनाइ छ ।

Previous Post

पार्टी एकता र समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेबारे प्रधानमन्त्री र विप्लवबीच छलफल

Next Post

भारत भ्रमणका क्रममा भावनामा आएर नभई तथ्यका आधारमा कुरा राखेका छौंः परराष्ट्रमन्त्री साउद

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
Next Post
भारत भ्रमणका क्रममा भावनामा आएर नभई तथ्यका आधारमा कुरा राखेका छौंः परराष्ट्रमन्त्री साउद

भारत भ्रमणका क्रममा भावनामा आएर नभई तथ्यका आधारमा कुरा राखेका छौंः परराष्ट्रमन्त्री साउद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार