Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अपराधका घटनाको ग्राफ बढ्दो, बैंकिङ कसुरका मुद्दा दोब्बरले बृद्धि

दोभानचौर खबर by दोभानचौर खबर
July 8, 2023
in समाचार
0
अपराधका घटनाको ग्राफ बढ्दो, बैंकिङ कसुरका मुद्दा दोब्बरले बृद्धि
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

साइबर अपराधका मुद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए । उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् ।

प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको  ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए ।

उनका अनुसार उक्त अवधिमा गाँजा मात्रै छ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ । लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको  १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए । उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ ।

अन्य सहकारी ठगीतर्फ दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ । यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन् ।

सवारी दुर्घटना 

प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा छ हजार चार सय २० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जना गम्भिर घाइते भएका छन् । सवारी सम्बन्धमा सात लाख ३६ हजारलाई कारबाही गरिएको छ । कारबाहीबापत  ५६ करोड ४६ लाख राजस्व सङ्कलन गरिएको कडायतले बताउनुभयो । उक्त अवधिमा  एक अर्ब ५९ करोड ६२ लाखको अवैध सामान बरामद गरिएको छ ।

विपद् व्यवस्थापनमा १० हजार जनशक्ति 

प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनमा १० हजार ८५ जना जनशक्ति तयार पारिएको छ । उनीहरुलाई चौबिसै घण्टा परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र विभिन्न कसुरको अनुसन्धान गर्ने निकायबीच साझा प्लेटफर्मका रुपमा विकास गर्ने प्रारम्भिक समझदारी भएको जानकारी दिएको छ । साथै नेतृत्व तहमा रहेका प्रहरी कर्मचारीबीच समन्वय र निर्णय प्रक्रियामा सामूहिक भावनाको विकास  गर्न प्रहरी महानिरीक्षकबाट विभागीय प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ ।

निम्न दर्जाका प्रहरी कर्मचारीको चाहनाअनुरुप निवृत्तिभरणका लागि १६ वर्षमा नै अवकाशमा जान पाउने प्रावधानका लागि कानुन संशोधनको प्रस्ताव पेस गरिएको, अपराध अनुसन्धानमा लामो समय एकै ठाउँमा रहेका मुद्दा फाँटका कर्मचारीलाई सरुवा गरिएको, नयाँ भर्नाको दरखास्त प्रणालीलाई सहज बनाउन अनलाइन प्रणालीको विकास गरिएकोलगायत प्रशासनिक काम÷कारबाही सुधार भएको प्रहरीले तीन महिने प्रगति विवरणमा उल्लेख गरेको छ ।

त्यस्तै नेपाल प्रहरीको शोध, अध्ययन अन्वेषण कार्यादेश–२०८० स्वीकृत भएको तथा विशिष्टीकृत जनशक्ति परिचालन कार्यविधि स्वीकृत गरी विशिष्टीकृत तथा वैत्रानिक अपराध अनुसन्धान प्रणालीको विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

Previous Post

हामीले गरेको राजनीतिले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ?

Next Post

स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार