Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
July 10, 2023
in समाचार
0
भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताए । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उनले भने ।

मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्याउन पुष्पलाल श्रेष्ठले अनुसरण गरेको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको बताए ।

“सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्व, जनवादी क्रान्तिको विकास, कम्युनिष्ट आन्दोलनको एकता, कम्युनिष्ट मूल्यमान्यता र संस्कृति निर्माणका निम्ति विचार तथा व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भने ।

पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने उनले उल्लेख गरे । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहेको बताए । “नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर उहाँ नेपालको लोकतान्त्रिक आन्दोलनको उच्च व्यक्तित्व हुनुहुन्थ्यो”, उनले भने ।

पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकालेको सुनाउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताए । “पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो”, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहनुभएको र उहाँका सपना पूरा गर्न लाग्नुपर्ने बताए ।

“निरङ्कुश राजतन्त्रको अन्त्य, नौलो जनवाद स्थापना, समाजवादको स्थापना र नेपाली समाजको इतिहासको गहन अध्ययन गर्ने पुष्पलालका चार सपनामध्ये केही पूरा भएका छन्”,उनले भने, “समाजवादोन्मुख संविधान जारी गरेर समाजवाद स्थापनाको थालनी भएको छ, नेपाली समाजको अध्ययन गर्ने उहाँको सपना बाँकी नै छ, यसलाई हामीले पूरा गर्नुपर्छ ।”

पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पुर्याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान दिनुभएका पुष्पलालको सम्मानमा पुरस्कारको व्यवस्था गरिएको बताइन् ।

Previous Post

मृग ठानेर भरुवा बन्दुकले हान्दा साथीको मृत्यु भएपछि…

Next Post

वान एक्स बेट प्रकरण:बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता,६५ करोड बिगो दाबी

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
नक्कली शरणार्थी प्रकरणः बालकृष्ण र टोपबहादुरसहित १६ जनालाई थुनामा पठाउने आदेश

वान एक्स बेट प्रकरण:बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता,६५ करोड बिगो दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार