Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुन तस्करीको नयाँ जालोः कतारबाट सिरहासम्म, १२ जना पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
July 10, 2023
in समाचार
0
सुन तस्करीको नयाँ जालोः कतारबाट सिरहासम्म, १२ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।

यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

यसैगरी सुन सङ्कलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ ।

कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले जानकारी दिए ।

उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा  १ अर्ब ९६ करोडको कारोबार देखिएको छ ।

शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामङ्गलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

तस्करी गर्नेहरूले  पाँच हजारदेखि १० हजार दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।

Previous Post

‘मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त?’

Next Post

कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका वीरेन्द्र जैसीले तोडे अनसन

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका वीरेन्द्र जैसीले तोडे अनसन

कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका वीरेन्द्र जैसीले तोडे अनसन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार