Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बीआरआईका कुन–कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय भएको छैनः परराष्ट्रमन्त्री साउद

दोभानचौर खबर by दोभानचौर खबर
July 13, 2023
in समाचार
0
बीआरआईका कुन–कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय भएको छैनः परराष्ट्रमन्त्री साउद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, “दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ ।”

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो । यद्यपि बीआरआईका कुन–कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुनसकेको छैन ।

यसअघि गत पुस १७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए । परराष्ट्रमन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको बताएका थिए ।

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भएअनुसार केरुङ–काठमाडौँ रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको उल्लेख गर्दै भने, “गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशामा नेपालको कूटनीतिक प्रयास उन्मुख छ ।”

राष्ट्रियसभामा विनियोजन विधेयक, २०६० अन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममाथि भएको छलफलको क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि भन्ने जिज्ञासा राखेकी थिइन् ।

परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको र असंलग्नता ती आधारमध्ये प्रमुख आधार रहिआएको छ । नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको भन्दै नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुनसकेको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ ।

परराष्ट्रमन्त्री साउद हालै मात्र पनि जुलाई ३ देखि ६ सम्म अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी भएर फर्किएका छन् । उक्त बैठकलाई आफ्नो सम्बोधनबारे पनि परराष्ट्रमन्त्री साउदले राष्ट्रियसभालाई जानकारी गराएका हुन् ।

“मैले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा असंलग्न आन्दोलनको सान्दर्भिकता र महत्वलाई थप उजागर गर्न सहकार्य गर्ने नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरेको थिएँ, साथै हाल विश्वका जल्दाबल्दा राजनीतिक तथा आर्थिक मुद्दाको समाधानका लागि असंलग्न आन्दोलनमा आवद्ध सदस्य राष्ट्रहरूको ऐक्यबद्धता र सहकार्यमा जोड दिएको थिएँ, तसर्थ असंलग्न परराष्ट्र नीतिको अवलम्बनतर्फ नेपालको प्रतिबद्धता अटुट रहेको स्पष्ट पार्न चाहन्छु ।”

Previous Post

‘भिभिआइपी’को उपचार देशभित्रै गर्ने व्यवस्था मिलाउँछौंः स्वास्थ्यमन्त्री बस्नेत

Next Post

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

RelatedPosts

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने
समाचार

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने

November 17, 2025
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
समाचार

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

November 14, 2025
जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद
समाचार

जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद

November 13, 2025
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता
समाचार

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

November 13, 2025
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
समाचार

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

November 12, 2025
सामुदायिक विद्यालयका जग्गा हिनामिनाको आशंका, मन्त्रालयले देशभरबाट विवरण माग्यो
शिक्षा र स्वास्थ्य खबर

सामुदायिक विद्यालयका जग्गा हिनामिनाको आशंका, मन्त्रालयले देशभरबाट विवरण माग्यो

November 12, 2025
Next Post
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार