Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

दोभानचौर खबर by दोभानचौर खबर
July 21, 2023
in दाेभानचाैर आज
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।

जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

बिहीबार साँझ पक्राउ गरिएका तीनै कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार बिहीबार साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई बिहीबार उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने भोलि म्याद थप गरिने जनाइएको छ । पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

Previous Post

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

Next Post

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने मन्त्रालय प्रक्षेपण,सावधानी अपनाउन आग्रह

RelatedPosts

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद
दाेभानचाैर आज

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

May 19, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन
दाेभानचाैर आज

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

May 18, 2025
गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट
दाेभानचाैर आज

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

May 16, 2025
उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
Next Post

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने मन्त्रालय प्रक्षेपण,सावधानी अपनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार