Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने मन्त्रालय प्रक्षेपण,सावधानी अपनाउन आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
July 21, 2023
in दाेभानचाैर आज
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

एक वर्षको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गइ भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार असोजपछि भने डेङ्गी सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उहाँले वर्षायाम शुरु भएसँगै असारको अन्तिम हप्तादेखि सङ्क्रमण ह्वात्तै बढेको बताउनुभयो । गएकाे वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भइ देशभरिका ७७ जिल्लामा फैलिएको थियो ।

‘बर्खायाम शुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।’ पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ । महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेङ्गी रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ । यस्तै, लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ ।

वर्षायामसँगै डेङ्गी रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने ठाउँ प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यविना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेङ्गी पहिचानका लागि आवश्यक डेङ्गी किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ ।

घरदैलो कार्यक्रम 

महाशाखाले डेङ्गी रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । कार्ययोजनामा डेङ्गी सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ ।

यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेशन गर्ने, अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गी रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनमा उल्लेख छ ।

गएकाे वर्ष ५५ हजारभन्दा बढीलाई सङ्क्रमण र ८८ जनाको सङ्क्रमणको कारणले निधन भएको थियो । डेङ्गीबाट ज्यान गुमाएकामध्ये ५० प्रतिशतभन्दा बढी ५५ वर्ष वा त्यसभन्दा बढी उमेर समूहका रहेको पाइएको छ । ज्यान गुमाएका व्यक्तिमा डेङ्गीसँगै निमोनिया, स्क्रबटाइफसलगायतका सङ्क्रमणसमेत पाइएको छ ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

Previous Post

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो

Next Post

दाङमा बसभित्रै वृद्धा बलात्कृत, दुईजना पक्राउ

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post

दाङमा बसभित्रै वृद्धा बलात्कृत, दुईजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार