Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गगन थापाको प्रश्नः म मौन बस्दैमा पार्टीको समस्या समाधान हुन्छ त ?

दोभानचौर खबर by दोभानचौर खबर
July 24, 2023
in समाचार
0
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मौन बस्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उठेका प्रश्नको सोमबार जवाफ दिँदै महामन्त्री थापाले पार्टीलाई दुर्घटनातिर जान नदिन सबै सम्हालिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या समाधान हुन्छ । सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’

महामन्त्री थापाले सबै पार्टीमा अहिलेसम्म नेतृत्व हस्तान्तरणलाई सहज रुपमा हुने व्यवस्था नभएकाले आफूले संसदीय दलको नेता परिवर्तन गर्ने कुरा उठाएको बताए ।

उनले भने, ‘हाम्रोमा मात्र होइन कुनै दलमा सम्मानजनक बहिर्गमनको व्यवस्था छैन । पार्टीहरु जमेको पोखरी जस्तो भए । जसका कारण सबै दल संकटमा परेका छन् । तीस वर्षदेखि केही नेता म्यूजिकल चेयरमा बसेको जस्तो छ । सभापतिज्यूप्रति मेरो पितातूल्य सम्मान छ । तर यसलाई बदल्नुपर्छ भन्ने मेरो विचार हो । यसमा मेरो बहस चलिरहन्छ । नेता बदल्ने प्रयास चलिरहन्छ । पार्टीको विधान र संविधानले दिन्छ । कर्म गर्ने हो, सांसदको मत पाउन गाह्रो छ । लाखौं मतदाताकोमा भोटिड गरे जस्तो होइन नि । सभापतिजीले एकदुई महिनापछि कोही अगाडि आओ भन्नुहुन्छ कि ? मै हुनुपर्छ भन्ने होइन, मैले साथ दिने हो । त्यतिबेला कोही अघि सरेनन् भने म अघि सर्ने हो । बदल्न चाहिँ लागिरहन्छु ।’

महामन्त्री थापाले गठबन्धन सरकारका कतिपय निर्णय समाचार आएपछि मात्र थाहा पाउने गरेको भन्दै निर्णय अघि पार्टीमा छलफल हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘पार्टी गतिविधिकाबारेमा बाहिर किन राखेको भन्नुहुन्छ । बहुमत र अल्पमतले मात्र पार्टी चल्दैन । नेतृत्व परिवर्तन गर्ने कुरा हुन्छ, विवाद छलफल हुनु स्वभाविक हो ।मोबाइल खोलेर हेर्छु । फलानो मन्त्री भयो, फलानाको कैद मिनाहा भयो भनेर समाचार आउँछ । समाचार मात्र सुन्नु परेको छ । यी बहुसंख्यक कुरा मैले समाचार पढेर थाहा पाउँछु । यसबारे पार्टीमा किन छलफल हुँदैन त ? के कारणले छुट पाए र कुनै व्यक्ति कांग्रेस भएका कारण छुट, कसैलाई भारी बोक्ने हुनु हुँदैन ।’ महामन्त्री थापाले बालकृष्ण खाँणप्रति सकेत गर्दै फौजदारी अभियोग लागेकालाई पार्टीले निलम्बन गर्नुपर्ने बताए । उनले यो कुरा विधानमा पनि स्पष्ट रहेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’

उनले विधानअनुसार समयबद्ध काम गर्न वार्षिक कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको भन्दै आफूले एनजिओमा काम नगरेको बताए । केन्द्रीय सदस्य आरजु राणाले यसलाई एनजिओको विसलिष्ट भनेको तर्फ इंगित गर्दै उनले भने, ‘केही विद्वान साथीहरूले यो एनजिओको विसलिष्टजस्तो छ पनि भन्नुभयो। एनजीओमा धेरै काम नगरेको हुनाले मलाई यसबारे अनुभव त छैन।’

Previous Post

बिपीको विचार कालजयी छ ः प्रमुख सचेतक लेखक

Next Post

ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारले अठोट लिएको छः प्रधानमन्त्री

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारले अठोट लिएको छः प्रधानमन्त्री

ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारले अठोट लिएको छः प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार