Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जलविद्युत् खरिदकर्ता भारतका कुरा सुन्नुपर्ने बाध्यता छः सभापति देउवा

दोभानचौर खबर by दोभानचौर खबर
September 5, 2023
in राजनीति, समाचार
0
‘सबैले राम्रो बोल्नुभयो, धेरै आलोचना होला भन्ने लागेको थियो तर भएन’
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन् ।  नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा उनले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने धारणा व्यक्त गरे ।

सभापति देउवाले भने, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ । निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुस् ।”

राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताए । उनले कर्मचारीले सरकारको भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताए । राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

फरक प्रसङ्गमा सभापति देउवाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना धेरै भएको उल्लेख गर्दै जलविद्युत् खरिदकर्ता छिमेकी मुलुक भारत भएकाले उसको कुरा सुन्नुपर्ने बाध्यता भएको बताए । उनले भने, “साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तसर्थ चीन र भारत दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाइरहनु आवश्यक छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ । यो हाम्रो आवश्यकता र बाध्यता हो, यसमा हाम्रो बुद्धिमता पनि छ ।”

कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले राजनीति गर्ने सबैले कमर्चारी जुनसुकै आस्था र विचारका भए पनि स्थायी सरकार हो भन्ने बुझ्नुपर्ने उल्लेख गर्दै कर्मचारीलाई सेवासुविधा र वृत्तिविकासका विषयमा खुसी राख्न सकेमात्र सफलता प्राप्त हुने बताए  । पार्टीले कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेसका नेता रामहरि खतिवडाले निजामती सेवासम्बन्धी कानुन छिट्टै ल्याउन लागेको र यसमा सबैलाई समेट्ने प्रावधान हुने तथा एकाधिकारका प्रावधान नहुने स्पष्ट पारे । उनले आवश्यक सुझावका लागि आग्रह गर्दै सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले राजनीति गर्ने व्यक्ति ठीक भएमात्र कर्मचारीतन्त्र ठीक हुने र मुलुकमा सुशासन कायम गर्न पद्धति नै विकास गर्नुपर्ने बताए । युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारीका समस्याका बारेमा अवगत गराउँदै कर्मचारीसँग सम्बन्धित आवश्यक कानुन यथाशीघ्र अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे ।

Previous Post

कुन्दन काफ्लेद्वारा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा

Next Post

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छः महामन्त्री थापा

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
Next Post
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छः महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार