-समिन बरुवाल
वेदनाका आँसु झारेर
मलाई कमजोर नबनाउनु
किनकी म जानपर्छ
//जस्तो की
उज्यालो हुन रात जानपर्छ
समय हुन समय जानपर्छ
बुझ्नु,,,
म करले हैन कर्तव्यले जानपर्छ
//जस्तो की
सागर भेट्न नदि जानपर्छ
युद्धमा सैनिक जानपर्छ
मलाइ नरोक्नु,,,
म केही गर्न जानपर्छ
//जस्तो कि
युद्ध गर्न रणोभुमिमा जानपर्छ
तपस्या गर्न तपोभुमिमा जानपर्छ
म केही देख्न जानपर्छ
कहाँ यहाँ मात्र हो र संसार ?
म संसार हेर्न संसारमा जानपर्छ
म बद्लिएर
फ़ेरि बद्लिन जानपर्छ
म गएर नआउन जानपर्छ
म खाली हात गएर,
कसैलाइ खालीहात नपठाउन जानपर्छ
यी हातहरुले संसार सजाउन जानपर्छ
सोच्नु त,,,,
कहाँ सबै सधै रहन्छ र….
म एक क्षण भएर
सधै हुन जानपर्छ
म एक भएर
सबै हुन जानपर्छ
त्यहाँ म नभैइ हुदैन
त्यो गर्न म नगैइ हुदैन
हेर्नू त,,,,
म जे लिएर आएको थिए
त्यही लिएर जाँदैछु
म जे आएको थिए
म जस्तो आएको थिए
म जसरी आएको थिए
//अब म
त्यस्तै जाँदैछु
त्यसरी नै जाँदैछु
हेर्नू त,,,
म जानपर्छ
///जस्तो कि
फलाम हतियार हुन आगोमा जानपर्छ
बिज बिरुवा हुन माटोमा जानपर्छ
//त्यस्तै कि
म दौडन मैदानमा जानपर्छ
म उड्न हावामा जानपर्छ
म पौडन पानीमा जानपर्छ
त्यस्तै “म” “म”.हुन
आमा “म” जानपर्छ