सिन्धुलीमा योवर्ष मुलाको उत्पादन बढको छ । उपयुक्त मौसम भएका कारण मुलाको उत्पादन बढेको किसानहरुले बताएका छन् । व्यवसायिक रुपमा मुलाको खेती गर्दै आएका किसान मुलाको उत्पादन बढेपछि पर्याप्त आम्दानी गर्न सफल भएका हुन् । सिन्धुलीको कमलाखोच, सुनकोशी, गोलन्जोर लगायतका स्थानहरुमा यसवर्ष गरिएको मूलाको व्यवसायिक खेतीबाट करिव ५ करोड आम्दानी हुने अनुमान गरिएको छ । सिन्धुलीमा उत्पादन भएका मुला सिन्धलीमाडी, भिमान लगायतका बजारहरुमा खपत हुँदै आएको छ । विगतमा परम्परागत रुपमा गरिने अन्न वालीको तुलनामा व्यवस्थित रुपमा गरिने मुला खेतीले बढी आम्दानी हुने र जीविको पार्जनमा समेत सहज भएको छ । अन्य तरकारीको तुलनामा तरकारी, अचार र सलादमा अधिकतम रुपमा प्रयोग हुने मूलाको खपत पछिल्लो समय बढेर गएको छ । सिन्धुलीमा मिनअर्ली, ह्वाइटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।