शर्मिला बिसुन्के,
रामेछापः रामेछापको देवकोटाचोकमा मौरीको त्रास बढेको छ । देवकोटाचोक स्थित पिपलबोटमा रहेको मौरीको घारबाट बिच्कीएको मौरीले बाटो हिड्नेलाइ टोकेको हो । आज बाटो हिडिरहेका बेला ४ जनालाइ मौरीले टोकेको छ । बाटो हिडिरहेका राजकुमार मिजारलाइ करीब ६० वटा जति मौरीले लखेटेर टोकेको हो । मिजारको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । चोकमा डियटीमा बसेका प्रहरी हवल्दारलाई समेत मौरीहरुले लखेटको हो । देवकोटा चोक पिपलबोटमा रहेको मौरीको घार बाट मौरी बिच्किदा बाटो हिड्न समस्या भएको हो । यस बिषयमा जिल्ला प्रहरी कार्यलयले नगरपालिका सँग समन्वय गरेर मात्र घार काड्न सकिन जनाएको छ।